जसपा शीर्ष नेताहरुको बैठक अनिर्णित | Khabarhub Khabarhub

जसपा शीर्ष नेताहरुको बैठक अनिर्णित


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन ।

वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न आज ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भएको जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन भएको हो ।

बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टी स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाका वरिष्ठ नेता अशोक राईले बताए ।

उनले भने, “हामी छलफलमै छौँ, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) को निर्णयपछि हामी एउटा निचोडमा पुग्छौँ । हामीले विचार आदान–प्रदान गर्‍यौँ, प्रधानमन्त्रीसहित उहाँको पार्टी, कांग्रेस र माओवादीसँग पनि छलफल गरी प्राप्त रायसुझावका आधारमा साझा प्रस्ताव तयार गर्छौ ।”

बैठकमा एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुले दिएको समर्थनबारे पनि छलफल भएको थियो ।

जसपाले संविधान संशोधन र वन्दी जीवन विताइरहेका रेशम चौधरी लगायतको रिहाइसहित माग राखेर सत्तामा जाने कसरत गरिरहेको छ ।

सत्ता समीकरण र पार्टी समायोजनको बाँकी काम टुङ्गो लगाउन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आगामी चैत ५ गते शुरु हुँदैछ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : ३३ बजे

पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २०

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक बिहान ९

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

काठमाडौं– आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर

इजरायली आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मारिए

लेबनान – बेरुतमा भएको इजरायली आक्रमणमा परेर हिजबुल्लाहका सञ्चार प्रमुख

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।