बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी « Khabarhub

बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी यही चैत ९ गते मित्र राष्ट्र बंगलादेशको राजकीय भ्रमणमा जाने भएकी छन्।

परराष्ट्र मन्त्रालयले सोमबार राष्ट्रपति भण्डारीको दुई दिने राजकीय भ्रमणको कार्य तालिकाबारे जानकारी दिएको छ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा बंगलादेशको भ्रमण गर्न लागेकी हुन्।

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि भ्रमण टोलीमा हुनेछन्। अन्य उच्च सरकारी अधिकारी पनि भ्रमण टोलीमा रहने परराष्ट्रमन्त्रालयले जनाएको छ।

परराष्ट्रका अनुसार बंगलादेशका संस्थापक पूर्वराष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको सयौं जन्मजयन्तीका अवसरमा बंगलादेशमा हुने कार्यक्रममा सरिक हुनेछिन्।

बंगबन्धुको जन्मजयन्ती समारोहलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसपछि ९ चैत बेलुका बंगलादेशका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन्।

१० चैतमा राष्ट्रपति भण्डारीले बंगलादेशमा रहेका नेपालीहरुलाई भेट्ने कार्यक्रम छ। बंगलादेशका लागि नेपाली राजदूतले १० गते राष्ट्रपति भण्डारीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन्।

सोही दिन राष्ट्रपति भण्डारी स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : ३३ बजे

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी

ऐतिहासिक हाडा छेँ पुनर्निमाण

भक्तपुर– यहाँको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष बागमती प्रदेशको महालेखा

काफल बेच्दा नगर प्रहरीको दुर्व्यवहार भोगेकी धमिलासँग मेयरले मागिन् माफी

सुर्खेत- यहाँस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी एकजना महिलासँग

आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग स्कटल्याण्ड पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई