आइपीएलमा बैंगलोरको लगातार दोस्रो जित « Khabarhub

आइपीएलमा बैंगलोरको लगातार दोस्रो जित


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो ।

एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जिताउन सकेनन् ।

बैंगलोरका शाहबाज अहमेदले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान बिराट कोहलीले ३३ रन जोडे ।

हैदरावादका जासन होल्डरले ३ विकेट लिए । राहिद खानले २ तथा भुवनेश्वर कुमार,शाहबाज निदम र टी- नटराजनले एक एक विकेट लिए ।

जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले २ खेलमा ४ अंक जोडेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ६ : २५ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम