सम्झौताविना सञ्चालित सिटी मार्केटका ११२ पसल सिलबन्दी « Khabarhub

सम्झौताविना सञ्चालित सिटी मार्केटका ११२ पसल सिलबन्दी


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले केही वर्षदेखि सम्झौताविना नै सञ्चालनमा रहेका पुरानो बसपार्कस्थित सिटी मार्केटका ११२ पसल सिलबन्दी गरेको छ ।

सम्झौताविना नै व्यवसायीहरुले ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरले आज बलपूर्वक सिल गरेको हो ।

सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । तर, महानगरपालिकाले पटक–पटक महानगरको भवनमा बिना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ ।

भाडाको लागि भएको सम्झौताको म्याद सकिएको र सो भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन लागिएको प्रमुख प्राशसकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ,’ ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्छौ ।’

काठमाडौँ महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि सिलबन्दी गर्न बाध्य भएको जानकारी दिए ।

उनले काठमाडौँ महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिए । नगरप्रहरी प्रमुख धनपती सापकोटाले पनि उनीहरुलाई पटक–पटक सूचना दिदाँ पनि नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको जानकारी दिए ।

पसल सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार