१४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्र घोषित « Khabarhub

१४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्र घोषित

विद्यालयसहित बढी भीडभाड हुने क्षेत्रमा सहभागी नहुन अपिल


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी काठमाडौँसहित देशका १४ जिल्लालाई कोरोना भाइरस संक्रमणको अति प्रभावित क्षेत्रको रूपमा घोषणा गरेको छ ।

मन्त्रालयले आज एक जरूरी अपिल जारी गर्दै सचिवस्तरीय बैठकले १४ जिल्लालाई अति प्रभावित भनी वर्गीकरण गर्ने निर्णय गरेको जनाएको हो ।

साथै मन्त्रालयले कोभिड संक्रमण बढ्दो अवस्थामा रहेको बताउँदै उच्च सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको अपिलमा विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै विद्यालसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेका छन् ।

“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन,” उनले अपिलमा भनेका छन् ।

आठ बुँदे अपिल जारी गर्दै मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई कम्तीमा ५० प्रतिशत बेडहरू कोभिड संक्रमितलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार नि:शुल्क सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको अपिल

 

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : २६ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार