मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति भण्डारी


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताएकी छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’ को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा समृद्धि हासिल गर्ने साझा यात्रामा अघि बढिरहेको सन्दर्भमा कलाकार राज्यको यस सङ्कल्पलाई गहिरोसँग आत्मसाथ गर्दै विकास प्रक्रियामा सबैलाई जागरुक, जिम्मेवार र सक्रिय बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।

प्रतिष्ठान नेपाली मौलिक कलाको अध्ययन अनुसन्धान गर्न गराउन तथा विशुद्ध नेपाली पहिचानसहित अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गर्ने कलाको विकास गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “प्रतिष्ठान स्थापनाको वास्तविक उद्देश्य पनि यही हो भन्ने मलाई लागेको छ ।”

कुनै पनि मुलुकको कलाको स्तरबाट त्यहाँको सभ्यताको विकास मापन हुने जानकारी दिँदै उनले कला सिर्जनामा जीवन र जीवनका सङ्ग्रहहरु हुने उल्लेख गरिन् । प्राचिनकालदेखि नै जीवन­जगतलाई बुझ्ने र बुझाउने साहित्य तथा सङ्गित जस्तै ललितकलाको पनि साधना चल्दै आएको राष्ट्रपति भण्डारीको भनाइ थियो । उनले विविध सांस्कृतिक सम्पदायुक्त मुलुक मौलिक कला र संस्कृतिले सम्पन्न रहेको स्मरण गरिन् । उनले अनुपम प्राकृतिक सुन्दरताले सजिएको यहाँको परिवेशले सर्जकलाई सिर्जना कार्यमा उत्प्रेरित गरिरहेको अनुभव सुनाइन् ।

कला प्रष्फुटनका निम्ति प्रतिष्ठानले उपलब्ध गराएको वातावरणको थप उपयोग गर्न उनले कलाकारलाई आग्रह गरिन् ।

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कुनै पनि कानून, नीति, योजनाका अभावमा अफ्ठयारो परेको भए त्यसलाई हटाउन सरकार तयार रहेको जानकारी गराउँदै बजेटमाथि छलफलको समय भएकाले प्रस्ताव लिएर आउन आग्रह गरे । उनले वर्तमान अवस्थामा कोभिड­१९ को प्रभाव कायमै रहेको र सङ्क्रमण नयाँ ढङ्गबाट अघि बढिरहेकाले सरकार विशेष अध्ययनका साथ नियन्त्रणमा अघि बढेको जानकारी दिए ।

समारोहमा प्रतिष्ठानका अध्यक्ष कान्छाकुमार कर्माचार्यले विसं २०७२ को भूकम्प र कोभिड­१९ को महामारीले कला क्षेत्रकै महोत्सव मानिने प्रदर्शनीलाई खुम्च्याएको जानकारी गराउँदै यसपटक भने पुनःआफ्नै भवनमा प्रदर्शन आयोजना गर्न पाएकामा खुशी व्यक्त गरे ।

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार र सदस्य सचिव विपिनकुमार घिमिरेले ललितकला प्रदर्शनी र प्रतिष्ठानका बारेमा भनाइ राखेका थिए । उक्त समारोहमा कुलपति कर्माचार्यले आफैँले बनाएको राष्ट्रपति भण्डारीको मुहार चित्र उनलाई हस्तान्तरण गरेका थिए । समारोहमा राष्ट्रपति भण्डारी र मन्त्री ढकालले सम्मानित तथा पुरस्कृत कलाकार तथा पत्रकारलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान प्रदान गरेका थिए । – रासस

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : २५ बजे

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल