भौगोलिक विविधता जोड्न रेडियो नेपालको भूमिका सराहनीय : प्रदेश प्रमुख अहिराज « Khabarhub

भौगोलिक विविधता जोड्न रेडियो नेपालको भूमिका सराहनीय : प्रदेश प्रमुख अहिराज


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–प्रदेश २ प्रमुख डा.राजेश अहिराजले प्रदेश २ का विविध विषयहरुलाई रेडियो नेपालले प्राथमिकता दिनुपर्ने विषयमा जोड दिएका छन् ।

केन्द्रीय कार्यालय सिंहदरबारमा विहीबार व्यवस्थापन पक्षसँग छलफल गर्दै प्रदेश २ का ओझेलमा परेका विविध विषयलाई रेडियो नेपालले प्राथमिकताका साथ प्रसारण गर्नुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा प्रदेश प्रमुख डा.अहिराजले मानिसहरुको चेतनाको विकासमा रेडियो नेपालको भूमिका अग्रणी रहेको बताए । उनले भने, ‘ जातीय, क्षेत्रीय एवं भौगोलिक विविधतालाई जोड्न रेडियो नेपालको भूमिका सराहनीय छ ।’

छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रदेश प्रमुख डा. अहिराजको सुझावमा आफूहरु सकारात्मक रहेको बताउँदै बर्दिबास प्रसारण केन्द्रबाट विभिन्न कार्यक्रममार्फत त्यहाँका विषय र मुद्दाहरू प्रसारण हुँदै आएको जानकारी दिए ।

कार्यकारी निर्देशक केसीले निकट भविष्यमा नै जनकपुरमा स्टुडियो सहितको एफएम निर्माणको तयारी भइरहेको समेत जानकारी गराए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार