भौगोलिक विविधता जोड्न रेडियो नेपालको भूमिका सराहनीय : प्रदेश प्रमुख अहिराज | Khabarhub Khabarhub

भौगोलिक विविधता जोड्न रेडियो नेपालको भूमिका सराहनीय : प्रदेश प्रमुख अहिराज


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–प्रदेश २ प्रमुख डा.राजेश अहिराजले प्रदेश २ का विविध विषयहरुलाई रेडियो नेपालले प्राथमिकता दिनुपर्ने विषयमा जोड दिएका छन् ।

केन्द्रीय कार्यालय सिंहदरबारमा विहीबार व्यवस्थापन पक्षसँग छलफल गर्दै प्रदेश २ का ओझेलमा परेका विविध विषयलाई रेडियो नेपालले प्राथमिकताका साथ प्रसारण गर्नुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा प्रदेश प्रमुख डा.अहिराजले मानिसहरुको चेतनाको विकासमा रेडियो नेपालको भूमिका अग्रणी रहेको बताए । उनले भने, ‘ जातीय, क्षेत्रीय एवं भौगोलिक विविधतालाई जोड्न रेडियो नेपालको भूमिका सराहनीय छ ।’

छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रदेश प्रमुख डा. अहिराजको सुझावमा आफूहरु सकारात्मक रहेको बताउँदै बर्दिबास प्रसारण केन्द्रबाट विभिन्न कार्यक्रममार्फत त्यहाँका विषय र मुद्दाहरू प्रसारण हुँदै आएको जानकारी दिए ।

कार्यकारी निर्देशक केसीले निकट भविष्यमा नै जनकपुरमा स्टुडियो सहितको एफएम निर्माणको तयारी भइरहेको समेत जानकारी गराए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : ३० बजे

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल