‘कपिल शर्मा शो’ की सुमोनालाई ‘इण्डोमेट्रियोसिस’ रोग « Khabarhub

‘कपिल शर्मा शो’ की सुमोनालाई ‘इण्डोमेट्रियोसिस’ रोग


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतीय चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा सुनिल ग्रोवरको छोरीको भूमिकामा अभिनय गर्ने सुमोना चक्रवर्तीको सामाजिक सञ्जालमा १० लाख फ्यान फलोइङ छन् । फ्यान फलोइङ धेरै भए पनि उनी सामाजिक सञ्जालमा त्यति सक्रिय हुन्नन् ।

आजतकका अनुसार हालै सुमोनाले आफू एण्डोमेट्रियोसिस रोगको चौथो चरणसँग जुधिरहेको खुलासा गरेकी छन् । उनले लकडाउनले निकै समस्या परेको भन्दै भावनात्मक रुपमा रोगसँग लड्न नसकेको जनाएकी छन् ।

‘म अहिले बेरोजगार छु । मसँग कुनै काम छैन । तर पनि परिवार र आफूलाई पालनपोषण गरिरहेकी छु’, उनले लेखेकी छन्, ‘मैले आज धेरै समयपछि घरमा वर्क आउट गरें । केही दिनमा पछुतो अनुभव गरिरहेकी छु । किनकी कैयौं पटक उदासी हाम्रो लागि राम्रो हुन्छ ।’

उनी सन् २०११ देखि यो रोगसँग जुधिरहेकी छन् । यो रोगसँग लड्न स्वस्थ खाना, व्यायाम र तनाव मुक्त जीवन प्रमुख औषधि रहेको उनको बुझाई छ ।

इण्डोमेट्रियोसिस एक प्रकारको शारीरिक समस्या हो । जसमा महिलाको योनीभित्रको नशा बाहिरको लाइनिङमा आउछ । यस्तो नशा फेलोपियन ट्यूब, पाठेघर र कैयौं पटक आमासयसम्म पुग्छ । जसकारण पेटको दुखाई बढ्छ ।

यसको लक्षण तल्लो पेटको दुखाई र महिनावारी अनियमित हुनु हो । यसबाट बिसेक हुन सर्जरी या हार्मोनयुक्त औषधिको सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : १५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा