म्यानमारी सेनाविरुद्ध सशस्त्र संघर्षमा ‘ब्यूटी क्वीन’ « Khabarhub

म्यानमारी सेनाविरुद्ध सशस्त्र संघर्षमा ‘ब्यूटी क्वीन’


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्मा– म्यानमारमा गत फेब्रुअरी १ मा भएको सैन्य ‘कु’पछि सेनाविरुद्ध नागरिकको आन्दोलन जारी छ । संयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार यहाँ ‘कु’ पछि झण्डै ८ सय मानिसहरु मरिसकेका छन् भने हजारौं घाइते छन् ।

अमरउजालाका अनुसार यस्तो अवस्थामा कैयौं हतियारधारी विद्रोही समूहले सेनालाई आक्रमण गर्न थालेको छ । यहीबीचमा म्यानमारकी ३२ वर्षीया ‘ब्यूटी क्वीन’ तार तेत तेतले पनि सेनाविरुद्ध हतियार उठाएकी छन् ।

उनी पनि सेनाविरुद्ध स्थानीय समूहसँग जोडिएकी छन् । उनले सामाजिक सञ्जालमा असल्ट बन्दुकका साथ केही तस्वीर राख्दै सेनाविरुद्ध कडा आक्रोश पोखेकी छन् ।

‘क्रान्ति स्याऊ जस्तो होइन, जुन तयार हुनासाथ झर्छ । हामीलाई लड्नु छ र निश्चित रुपले जित्नु पनि छ । एकपटक पुनः लड्ने समय फर्किएको छ । चाहे तपाईं एक हतियार, कलम किबोर्ड राख्नुहोस् या लोकतन्त्र समर्थक आन्दोलनका लागि पैसा दान गर्नुहोस् । हरेक कोहीलाई सफल हुने प्रयास जारी राख्नुपर्छ । म संघर्ष जारी राख्नेछु । म आफ्नो जीवन बलिदानका लागि तयार छु ।’

सन् २०१३ मा तेतले ‘मिस ग्राण्ड इन्टरनेशनल ब्यूटी पेजेण्ट’मा म्यानमारको प्रतिनिधित्व गरेकी थिइन् । यो प्रतियोगितामा ६० प्रतियागीलाई पछि पार्दै उनले ‘ब्यूटी क्वीन’को उपाधि पोल्टामा पारेकी थिइन् ।

तेत वर्तमान अवस्थामा मानिसहरुलाई जिमनास्टिक तालिम दिन्छिन् । तेतले आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको समयमा सेनाको अत्याचारविरुद्ध भाषण दिएकी थिइन् । जसकारण विश्वको ध्यान म्यानमारको खराब अवस्थातिर सोझिएको थियो ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : १० बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६