कोरोनाबाट बच्न नमस्ते गर्ने नेपाली संस्कृति अपनाऔँ « Khabarhub

कोरोनाबाट बच्न नमस्ते गर्ने नेपाली संस्कृति अपनाऔँ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना संक्रमणको महामारी आउनु अघिसम्म विश्वभर हात मिलाएर सौहद्रता प्रकट गर्ने चलन थियो । तर छोएकै भरमा कोरोना जस्तो प्राणघातक रोग सर्ने र मृत्यु संभावना भएपछि अहिले हात मिलाउने चलन हटेको छ ।

कोरोना सर्ने भयले मानिसले पश्चिमा देशहरुको हात मिलाउने चलन छाडेर नेपालीहरुको मौलिक र सनातन धर्ममा चलिआएको नमस्कार गर्ने चलन अबलम्बन गरेका छन् । तर हात नमिलाउँदा कोरोनाको संक्रमणबाट मात्र नभई अन्य धेरै जोखिमबाट बच्न सकिन्छ ।

हात मिलाउँदा एक व्यक्तिबाट अर्कोमा धेरै प्रकारका रोग सर्ने सम्भावना हुन्छ । साबुन पानीले हात नधोएसम्म अरुसंग मिलाउनु त परको कुरा आफ्नै मुखसमेत छुनु हुँदैन । हातमा थुप्रै प्रकारका रोग उत्पन्न गर्न भाइरस ब्याक्टेरिया जम्मा हुन्छन् । तसर्थ अभिवादन गर्न नमस्कार गर्नु सम्भावित रोगको संक्रमणबाट हुनबाट जोगिनु पनि हो ।

हात मिलाउँदा कुन कुन रोग सर्न सक्छ ?
– स्वाइन फ्लु
– रुघाखोकी
– हैजा
– झाडापखाला
– यौनरोग
– इबोला
– हेपाटाइटिस ए, ई, बी, सी
– लेप्टो इरोसिस

हात मिलाउने मात्र होइन, अंगालो हाल्ने, कुहिना वा मुड्की ठोक्ने, गाला गाला जोडेर म्वाईं खाने चलनले समेत बिभिन्न रोग सर्दछ । यतिमात्र होइन, पिसाब फेरेर आएका यौनरोगीले अर्को व्यक्तिसँग हात मिलाएपछि ती व्यक्ति तुरुन्त पिसाब फेर्न जान्छन् भने यौनरोग सर्ने सम्भावना हुनसक्छ । यस्तोमा, एक मिटर भन्दा कम नजिकबाट बोल्दा मुखबाट निस्किने पानीका ससाना थोपाले रोगका किटाणु सार्न सक्छ । त्यसैले दुरी अपनाउनु पर्दछ ।

हात मिलाउँदा एक व्यक्तिको हातमा भएको विभिन्न संक्रामक रोगका किटाणु अर्को व्यक्तिमा सर्न सक्ने भएकाले नमस्ते गर्ने प्रक्रिया अपनाउँदा प्रत्यक्ष सम्पर्कले सर्ने रोगबाट बाँच्न सकिन्छ । त्यसैले पश्चिमा संस्कृति छाडौं नमस्ते गर्ने नेपाली संस्कृति अपनाउँ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ०२ बजे

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु