कोरोनाबाट बच्न नमस्ते गर्ने नेपाली संस्कृति अपनाऔँ « Khabarhub

कोरोनाबाट बच्न नमस्ते गर्ने नेपाली संस्कृति अपनाऔँ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना संक्रमणको महामारी आउनु अघिसम्म विश्वभर हात मिलाएर सौहद्रता प्रकट गर्ने चलन थियो । तर छोएकै भरमा कोरोना जस्तो प्राणघातक रोग सर्ने र मृत्यु संभावना भएपछि अहिले हात मिलाउने चलन हटेको छ ।

कोरोना सर्ने भयले मानिसले पश्चिमा देशहरुको हात मिलाउने चलन छाडेर नेपालीहरुको मौलिक र सनातन धर्ममा चलिआएको नमस्कार गर्ने चलन अबलम्बन गरेका छन् । तर हात नमिलाउँदा कोरोनाको संक्रमणबाट मात्र नभई अन्य धेरै जोखिमबाट बच्न सकिन्छ ।

हात मिलाउँदा एक व्यक्तिबाट अर्कोमा धेरै प्रकारका रोग सर्ने सम्भावना हुन्छ । साबुन पानीले हात नधोएसम्म अरुसंग मिलाउनु त परको कुरा आफ्नै मुखसमेत छुनु हुँदैन । हातमा थुप्रै प्रकारका रोग उत्पन्न गर्न भाइरस ब्याक्टेरिया जम्मा हुन्छन् । तसर्थ अभिवादन गर्न नमस्कार गर्नु सम्भावित रोगको संक्रमणबाट हुनबाट जोगिनु पनि हो ।

हात मिलाउँदा कुन कुन रोग सर्न सक्छ ?
– स्वाइन फ्लु
– रुघाखोकी
– हैजा
– झाडापखाला
– यौनरोग
– इबोला
– हेपाटाइटिस ए, ई, बी, सी
– लेप्टो इरोसिस

हात मिलाउने मात्र होइन, अंगालो हाल्ने, कुहिना वा मुड्की ठोक्ने, गाला गाला जोडेर म्वाईं खाने चलनले समेत बिभिन्न रोग सर्दछ । यतिमात्र होइन, पिसाब फेरेर आएका यौनरोगीले अर्को व्यक्तिसँग हात मिलाएपछि ती व्यक्ति तुरुन्त पिसाब फेर्न जान्छन् भने यौनरोग सर्ने सम्भावना हुनसक्छ । यस्तोमा, एक मिटर भन्दा कम नजिकबाट बोल्दा मुखबाट निस्किने पानीका ससाना थोपाले रोगका किटाणु सार्न सक्छ । त्यसैले दुरी अपनाउनु पर्दछ ।

हात मिलाउँदा एक व्यक्तिको हातमा भएको विभिन्न संक्रामक रोगका किटाणु अर्को व्यक्तिमा सर्न सक्ने भएकाले नमस्ते गर्ने प्रक्रिया अपनाउँदा प्रत्यक्ष सम्पर्कले सर्ने रोगबाट बाँच्न सकिन्छ । त्यसैले पश्चिमा संस्कृति छाडौं नमस्ते गर्ने नेपाली संस्कृति अपनाउँ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ०२ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत