किन घट्छ बच्चाको तौल ? « Khabarhub

किन घट्छ बच्चाको तौल ?


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार जन्मदा बच्चाको तौल करिब ३ दशमलव ५ किलोग्राम हुनुपर्छ ।

त्यसपछि शिशुको तौल तीन महिनामा ५ किलो, ६ महिनामा ६ किलो, ९ महिनामा ७ किलो र एक वर्ष पुग्दा १० किलो हुनुपर्छ । कहिलेकाँही तेस्रो र छैठौं महिनामा बच्चाको तौल घटेको पनि हुनसक्छ । तर बच्चाको तौल थोरै घट्दैमा चिन्ता भने लिनुपर्दैन ।

बच्चाको निरन्तर एउटै तौल हुदैन । कहिलेकाहिं ह्वातै वजन बढेका शिशुको पनि केही दिनमा नै वजन घट्न सक्छ । तौल बढ्नु र घट्नु सामान्य प्रकृया हो । थोरै तौल घटबढ हुदैमा चिन्ता लिनु पर्दैन । तर असामान्य रुपमा वजन घट्यो वा बढ्यो भने चाहिँ चिकित्सकको परामर्श लिन ढिलो गर्नु हुदैँन ।

किन घटबढ हुन्छ तौल ?
७ देखि १० महिनाको उमेरमा बच्चा बामे सर्न थालेपछि उनीहरुको तौल थोरै घट्न सक्छ । बच्चामा फ्याटी टिस्यु र मेटाबोलिजमले शुरुमा तौल बढेपनि पछि बिस्तारै घट्छ । तसर्थ, बामे सर्दा थोरै तौल घट्नु स्वभाविक हो, तौल घट्दैमा चिन्तित हुनु पर्दैन । सामान्य बिरामी हुँदा वा प्रयाप्त नखाँदा पनि तौल घट्छ । तर निरन्तर तौल घट्यो भने वाल रोग विज्ञको सुझाब लिनुपर्छ ।

कस्तो अवस्थामा बच्चाको तौलबारे चिकित्सकको परामर्श लिने ?
यदि बच्चाको तौल निरन्तर घट्न थाल्यो भने वा हुनुपर्ने तौल पुग्दैन भने तत्काल बाल चिकित्सकसँग परामर्श गर्नु पर्दछ । प्रारम्भिक समयमा नै बच्चाको तौल घटेमा र कमजोर हुन थालेमा चिकित्सकीय उपचार गर्न ढिलाई गर्नुहुदैँन ।

बच्चाको तौल घट्नुमा कुपोषण पनि कारक हुनसक्छ । खुवाईको तरिकाले पनि बच्चाको तौल घटबढ हुन सक्छ । भोकाउँदा दूध खान पाएनन् भने पनि बच्चाको तौल घट्छ ।

त्यस्तै जतिखेर पनि आमाको दूध चुस्ने बच्चाको तौल तुलनात्मक रुपमा बढी हुन्छ । बच्चा दुब्लाउदै गएपछि आमाले पनि उच्च क्यालोरियुक्त खानेकुरा खाने र उमेर पुगेका बच्चालाई पनि खुवाउने गरेमा बच्चाको तौल बढ्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ११ : ११ बजे

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम