दुर्लभ वन्यजन्तु हाब्रेको छालासहित २ जना पक्राउ | Khabarhub Khabarhub

दुर्लभ वन्यजन्तु हाब्रेको छालासहित २ जना पक्राउ


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दुर्लव वन्यजन्तु हाब्रे (रेडपाण्डा) को छालासहित प्रहरीले दाङबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जुनीचाँदी गाउँपालिका–७ का ४८ वर्षीय डिलबहादुर रावत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार प्रहरीले उनीहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म २ फिट १० इन्च लम्बाई भएको नङ्ग्रा सहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुंगा सानो ठूलो गरी ३२ पिस र एक थान मोबाइल बरामद गरेको छ ।

अहिले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १२ : १४ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।