नेपाल इन्भेस्टमेन्टलाई ‘युरो मनी अवार्ड फर एक्सिलेन्सी २०२१’ « Khabarhub

नेपाल इन्भेस्टमेन्टलाई ‘युरो मनी अवार्ड फर एक्सिलेन्सी २०२१’


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ। बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो।

यस अघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो। यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ।

युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ। १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो।

बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ।

बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटीएम, १० वटा राजस्व संकलन काउन्टर एवं ५८ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ। निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित यस बैंक २०१८ मा यस अवार्डबाट सम्मानित भइसकेको छ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  २ : ५५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट