अफगानिस्तानका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग « Khabarhub

अफगानिस्तानका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको भन्दै राप्रपाका अध्यक्षत्रयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन माग गरेका हुन् ।

‘तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’

यस्तै ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरूको हाल जारी संघर्षप्रति ऐक्यबद्धता जनाउँदै राप्रपाले उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग आग्रह गरेको छ । उनीहरुको मागहरु पुरा गराउन सशक्त कुटनीतिक प्रयास गर्न पनि राप्रपाले नेपाल सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  २ : ५४ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा