अखिल क्रान्तिकारी २२ औं राष्ट्रिय सम्मेलन असोजमा « Khabarhub

अखिल क्रान्तिकारी २२ औं राष्ट्रिय सम्मेलन असोजमा


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ। क्रान्तिकारीले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ८ देखि १० गतेसम्मका लागि सम्मेलन तय भएका जानकारी दिएको हो।

क्रान्तिकारीको केन्द्रीय समितिको पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिए।

‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित गर्ने सम्मेलनका लागि वर्तमान केन्द्रीय समिति राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण भएको छ,’ तामाङले भने‚ ‘भाद्र १५ गते सम्ममा इकाई , क्याम्पस, पालिका भेला सम्मेलन गरिसक्ने, भदौ २५ गतेसम्म जिल्लाहरुको भेला तथा सम्मेलन गरिसक्ने तय भएको छ।’

यस्तै‚ भदौ २५ देखि असोज १ गतेसम्म प्रदेश भेला तथा सम्मेलन गरिसक्ने र संगठनको विधानलाई थप व्यवस्थित गर्न भर्चुअल माध्यमबाट विधान सम्मेलन गरिने अध्यक्ष तामाङले बताए।

उनका अनुसार कोभिड कहरलाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनमा आयोजकसहित जम्मा ७९९ जना प्रतिनिधि समावेश गरिनेछ। गत २१ औं राष्ट्रिय सम्मेलनमा २२ सय प्रतिनिधि सहभागी भएका थिए।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ३ : ५० बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको