माओवादी केन्द्रले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने « Khabarhub

माओवादी केन्द्रले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ ।

आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले पार्टीलाई रूपान्तरण गरेर गुणात्मक फड्को मार्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ ।

राजनीतिक प्रतिवेदनले केपी ओलीको प्रतिगामी कदम असफल भए पनि खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै संविधानको रक्षा र कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनकारी दिए ।

त्यस्तै राष्ट्रिय सम्मेलन अघि चारमहिनासम्म बिभिन्न तहको सम्मेलन गर्ने निर्णय भएको उनले बताए । बैठकले संघीयताको मर्मअनुसार जिल्ला समिति खारेज गर्ने र जिल्ला संयोजक समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले रिक्त पदपूर्तिको लागि स्थायी समितिलाई ७ दिनको म्याद दिएको छ । यस्तै बैठकले उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने, जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिनेलगायत निर्णय पनि गरेको छ ।

त्यस्तै माओवादीका हरेक संरचनामा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलितको सहभागिता अनिवार्य गर्ने विधानको प्रस्ताव पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिगमनको खतरा र समयको माग भएसम्म जारी राख्ने र गठबन्धन सरकारलाई संसदको पूर्ण कार्यकालसम्म सफल ढङ्गले सञ्चालन गर्ने पनि निर्णय उनले बताए ।

बैठकले विभिन्न चार वटा प्रस्ताव पनि पारित गरेको छ । जसमा भारतीय एसएसबीले तार काटेर महाकालीमा जयसिंह धामी खसेको भन्ने निचोड निकाल्दै सरकारलाई यसबारे छानविन टोलीको प्रतिवेदन शीघ्र ल्याई कुटनीतिक पहल गर्न माग गरेको छ ।

त्यस्तै बेलायतमा पूर्व गोर्खा सैनिकको अनसनबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरको उनले बताए ।

कोरोना संक्रमणबाट जनतालाई बचाउने अधिक्तम पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले अफगानस्थानमा रहेका नेपालीको सुरक्षाको व्यवस्था गर्दै सुरक्षित स्थानमा लैजाने व्यवस्थान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : ०० बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा