डेढ वर्षमा ३ लाख पर्यटक, योजना बनाउँदै पर्यटन बोर्ड | Khabarhub Khabarhub

डेढ वर्षमा ३ लाख पर्यटक, योजना बनाउँदै पर्यटन बोर्ड



काठमाडौँ– कोरोना भाइरसको महामारीले नेपालको पर्यटन व्यवसाय झन्डै शून्यको अवस्थामा छ । सरकारले लकडाउन गर्दै र नियन्त्रण खुकुलो गर्दै लगे पनि पर्यटन व्यवसयमा सुधार आएको छैन ।

कोरोना महामारीकै कारण भिजिट नेपाल २०२० को असफल भयो । दोस्रो चरणको लकडाउनपछि अहिले लगभग सबै क्षेत्रहरू खुलिसकेका छन् । डेढ वर्षदेखि थला परेको पर्यटन क्षेत्र भने तत्काल तङ्ग्रिन सक्ने अवस्था देखिँदैन ।

नेपालको पर्यटनमा बाह्य पर्यटकको हिस्सा ठूलो छ तर पर्यटकको आवगमन भने न्यून छ । सामान्यतया बाह्य पर्यटक नेपाल आएर आउँदा चालककदेखि होटल र ट्रेकिङसम्ममा कम्तीमा ९ जनाले रोजगारी पाउँछन् ।

सरकारले विदेशी पर्यटकका लागि सात दिनको क्वारेन्टिन अनिवार्य गरेको छ । यस्तो प्रावधान रहेसम्म विदेशी पर्यटक नबढ्ने नेपाल पर्यटन बोर्डका अधिकारीको भनाइ छ ।

एक हप्ता अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउनुपर्ने बोर्डका उपाध्यक्ष चन्द्र रिजालको भनाइ छ ।

तत्कालीन पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा निजामती कर्मचारीलाई खर्च १० दिन ‘पर्यटन बिदा’ दिने नीति अघि सारेका थिए ।

बजेट वक्तव्यको बुँदा नम्बर ६६ मा ‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ’ भनिएको छ । आर्थिक वर्ष शुरू भएको दुई महिना बितेको छ तर यसको कार्यविधि बनेको छैन ।

आगामी योजनाहरू

साढे एक वर्षदेखि थला परेको पर्यटन क्षेत्र उकास्न पर्यटन बोर्डले विभिन्न योजना अघि सारेको छ । कतिपय योजनाको काम तत्कालै भएको र केही काम शुरू हुन समय लाग्ने उपाध्यक्ष रिजालको भनाइ छ ।

आन्तरिक पर्यटकका लागि बोर्डले गन्तव्य छनोट गर्ने भएको छ ।

एक स्थानीय तह एक उत्पादन

एउटा गाउँपालिकाको एउटा उत्पादन र पर्यटन प्रर्वद्धनका लागि ७५३ वटै स्थानीय तहभित्र एउटा गन्तव्य पहिचान गरिनेछ ।
गुफा, मन्दिर, टे«किङ, ¥याफटिङ, जङ्गल सफारी, क्यानोइङ, दृश्य अवलोकन लगायत पर्यटकीय उत्पादनको पहिचान गराउने रिजालले बताए ।

जिल्लामा एक मुख्य पर्यटकीय गन्तव्य

सतहत्तर वटै जिल्लाका विभिन्न गन्तव्यमध्ये एउटा मुख्य गन्तव्य पहिचान गर्ने योजना योजना पनि पर्यटन बोर्डको छ ।

‘एउटै जिल्लामा धेरै पर्यटकीय गन्तव्यहरू छन्’ रिजाल भन्छन्, ‘अलि महत्वपूर्ण र धेरै पर्यटक जिल्लाको कुन ठाउँमा लैजान सकिन्छ भनेर पहिचान गरिनेछ ।’

सात वटै प्रदेशमा मेला

हरेक वर्ष २ देखि ३ दिनसम्म प्रदेशस्तरीय मेला आयोजना गर्ने योजना पनि छ । मेलामा प्रदेशभित्र गतिविधिहरू प्रदर्शन गरिनेछ ।
‘सात वटै प्रदेशमा यसै वर्षबाट मेलाको कार्यक्रम शुरू हुन्छ,’ उनले भने, ‘उत्पादन भएका वस्तु तथा सामग्री देखाउने, खरिदबिक्री गर्न मिल्ने गरी मेला लाग्नेछ ।’

सात वटै प्रदेशमा सङ्ग्रहालय

विदेशी पर्यटकहरू नेपालको प्राकृतिक दृश्यमा रमाउँछन् । आगामी केही वर्षमा भने सबै पर्यटकीय गतिविधि समेटिएको मानव निर्मित पर्यटकीय उत्पादन, सङ्ग्रहालय, सात वटै प्रदेशमा स्थापना गर्ने योजना पर्यटन बोर्डको छ ।

‘गाउँदेखि जिल्ला हुँदै डाँडा, हिमाल लगायत विभिन्न क्षेत्रको गन्तव्य त्यही म्युजियममा राखिनेछ,’ रिजालले खबरहबसँग भने, ‘काठमाडौँ उपत्यकाको पेरिफेरिमा माउन्टेन टुरिजम भनेर छिट्टै स्थापना गर्नेछौँ ।’

उनका अनुसार बाग्मती प्रदेशमा कम्तीमा ५ वर्षभित्र सङ्ग्रहालय बन्नेछ । अन्य प्रदेशमा अनुसन्धानको क्रममा रहेको छ । बोर्डले ल्याएको योजना कार्यान्वयन भएमा कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र तङ्गिँ्रदै जाने बोर्डका अधिकारीहरू बताउँछन् ।

डेढ वर्षमा ३ लाख पर्यटक

वार्षिक ११ लाखसम्म विदेशी पर्यटक नेपाल आउने गरेकोमा माहामारीपछि तीन लाख भन्दा कममा सीमित रहेको छ ।

सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल आए भने सन् २०२१ को अगस्ट सम्ममा ६६ हजार ९६६ जना आएको पर्यटन बोर्डको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १० : २७ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन