बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्धको खोप


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले जोनसन एण्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ ।

प्रदेशमा १८ वर्र्षभन्दा माथिका ३२ लाख ७८ हजार १७७ ले कोरोनाविरुद्ध हालसम्म खोप लगाउन सकेका छैनन् । बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार ७९२ अर्थात् १६.७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले भने ।

तीमध्ये हालसम्म चार लाख १० हजार २६८ अर्थात् ९६.३५ प्रतिशत कोरोना सङ्क्रमण मुक्त भएको बताइएको छ । प्रदेशमा कोरोनाको सङ्क्रमणबाट चार हजार ३७२ को मृत्यु भएको जनाइएको छ ।

प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा १० हजार ५९ जनाले कोभिसिल्ड, १४ हजार ३०० ले भेरोसेल र पाँच हजार ९२३ ले जोनसन एण्ड जोनसनको खोप लगाएका छन् । काठमाडौँमा एक लाख ३९ हजार ५१ ले कोभिसिल्ड, पाँच लाख ९८ हजार ५७७ ले भेरोसेल र एक लाख ५६ हजार २५ ले जोनसन खोप लगाएका छन् ।

त्यसैगरी ललितपुरमा दुई लाख २२ हजार २३३, भक्तपुरमा एक लाख ६५ हजार ८९६, नुवाकोटमा ५६ हजार ५३३, धादिङमा ५२ हजार ६२७ चितवनमा एक लाख ५१ हजार १९३ सिन्धुलीमा ३१ हजार ५०३, रामेछापमा ७१ हजार ३५६, दोलखामा ३२ हजार ३२५ काभ्रेमा एक लाख दुई हजार १०० तथा सिन्धुपाल्चोक जिल्लामा ४९ हजार ६८३ ले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १० : ०१ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने