काशीरामको चुल्हो बल्न छाड्यो « Khabarhub

काशीरामको चुल्हो बल्न छाड्यो


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटन नगरपालिका–६ पाटनबजार नजिकै घर भएका काशीराम भुल ५९ बर्षका भए । तर झट्ट हेर्दा उनी ७० बर्ष नाघेका जस्ता देखिन्छन् । जीवनभरी मजदुरी गरेका उनले कहिले पनि पोषणयुक्त खाना खान पाएनन् । उनले १२ बर्षको उमेरदेखि मजदुरी गर्न थालेका हुन् । ट्रकमा सामान लोड–अनलोड गर्नेदेखि निर्माण कार्यहरूमा रातदिन काम गरे । तर उनी एक बर्षदेखि काम गर्न नसक्ने भएका छन् । मजदुरीमा जान नसक्ने भएसँगै उनीसँग मागेर खानुको विकल्प रहेन । जुन उनी कहिल्यै चाहदैन थिए ।

उमेर ढल्किदैँ गएपछि काम गर्न सकेनन् मागेर खान उनले जानेनन् जसका कारण उनको घरमा अचेल चूलो बल्न छाडेको छ । चुहिन छानोे भएको सानो घर ९झुप्रो० मा बस्ने भुल दम्पती दुवैजना अहिले बिरामी छन् । उपचार गर्ने पैसा नहुँदा कुन रोग लागेको हो भनेरसम्म उनीहरूलाई थाहा छैन । उनीहरूलाई सधैँ ज्वरो आउने र रुघाखोकी लागिरहन्छ ।

भुलले भने, ‘नजिकका स्वास्थ्य चौकीमा उपचारका लागि गएका थियौं, धनगढी अथवा काठमाडौंको ठुलो अस्पताल जानुस् भन्यो । उता पुग्ने क्षमता छैन, गाडीको टिकट काट्नसम्म पैसा छैन ।’

भुल दम्पतिका चार छोरा समेत छन् । दुई छोरा साना बालखै छन् भने दुईजना भारतमा मजदुरी गर्छन् । तर छोराहरू कमाएको पैसाले मदिरा सेवन गरेर सिध्याउने उनीहरू बताउँछन् । ‘हामीलाई अहिलेसम्म एक रुपैयाँ दिएका छैनन्,’ काशीरामले भने । काशीराम उपचार सहयोगका लागि सिफारिस पत्र बोकेर १०–२० रुपैयाँ माग्दै हिडिरहेका छन् । न्यूज कारखाना

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ४ : १५ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर