सुदूरपश्चिमका किसानलाई खेतबारीमै दसैं « Khabarhub

सुदूरपश्चिमका किसानलाई खेतबारीमै दसैं


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– धान भित्र्याउने समयमै दसैं सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् । धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको भनाइ छ ।

वर्षदिनमा एकपटक मात्रै आउने दसैं मनाउन घर फर्किएकाले आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशका किसानलाई भने दसैं लागेको अनुभूति हुन सकेको छैन् । बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला यहाँका किसान खेतबारीमै देखिन्छन् । बर्खेबाली भित्र्याउन चटारो भएकाले यस प्रदेशका किसान अहिले खेतबारी मै व्यस्त देखिन्छन् ।

बिहान सबेरै खेतबारी तथा खरफागला पुग्ने यहाँका किसान साँझ अबेर मात्रै घर पुग्ने गर्दछन् । दसैंभन्दा पनि यहाँका किसानलाई बर्खेबाली भित्र्याउन तथा खर काट्नमै व्यस्त रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीले बताए । “मकै र धानबाली भित्रयाइएको छ, आजभोलि भटमास, सोइटालगायत दलहन बाली भित्र्याउन लागिएको छ”, उनले भने, “महिला भने खर काट्नमै व्यस्त छन् । ”

कैलाली र कञ्चनपुरका किसानलाई पनि आजभोलि धान भित्र्याउनमै दिन जाने गरेको छ । दसैंभन्दा पनि उनीहरुलाई बालीनाली भित्र्याउनमै दिन जान गरेको छ । उनीहरुका लागि खेतमै दसैं छ । लगातारको वर्षाका कारण यसअघि पाकेको धान भित्र्याउन नपाएकाले हालसम्म मौसमले साथ दिएको कञ्चनपुर वेदकोटका किसान मोहन विष्टले जानकारी दिए ।

“मेहनत गरेर पलाएको धानबाली भित्र्याउन नपाउने भन्ने चिन्ता थियो, मौसमले आजभोलि साथ दिएको छ”, उनले भने, “दसैंभन्दा पनि किसानका लागि खेतमा लगाएको बाली भित्र्याउने मुख्य प्राथमिकता छ ।” वर्षदिनमा एकपटक आउने चाडमा रमाइलो गरि मनाउन रहर भएर पनि फुर्सद नपाउँदा खेतमै अधिकांश समय जाने गरेको किसानको भनाइ छ ।

यो समय यहाँका किसान बढी व्यस्त हुने भएकाले दसैं खासै मनाउन पाउँदैनन् । बर्खेबाली भित्र्याउने र हिउँदे बाली छर्ने समय रहेकाले यहाँका किसानलाई दसैंतिहार मनाउनभन्दा पनि खेतबारीमै बढी व्यस्त हुन्छन् । सुदूरपहाडका महिलाहरु भने यो समय बढीजसो खरफागला काट्नमै व्यस्त हुने गरेका बैतडीका केशरी भट्टले बताइन् । उनले भनिन्, “यो समय भनेको कामको चटारो हुने हो, महिला भने बिहान उज्यालो नहुँदै खरफागला पुन्ने गर्छन, राति अबेर मात्रै घर पुग्छन् ।” त्यसैले होला, दिनभरि काममा व्यस्त हुने किसानलाई दसैंले छोएको छैन् । उनले भनिन्, “खाना खाने फुर्सद समेत नहुने किसानलाई दसैंको रमाइलोबारे थाहा नै हुँदैन, दसैंभन्दा पनि काम सक्यान मै ध्यान बढी हुन्छ, त्यसमै सन्तुष्ट हुनुपर्छ । ”

तराईका किसानको मुख्य आम्दानीका स्रोतका रूपमा धानबाली रहेकाले दसैं मनाउनेभन्दा पनि धेरै समय खेतमै हुन्छ । यो प्रदेशअन्तर्गत तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।

यस्तै पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धान खेती हुने गरेको छ । यो प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन हुन्छ । रासस

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ५ : ०० बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर