कंकालिनी भगवती मन्दिरमा सात सय ४४ राँगा बलि « Khabarhub

कंकालिनी भगवती मन्दिरमा सात सय ४४ राँगा बलि


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार सात सय ४४ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण राँगा बलिमा कमी आएको भए पनि यसवर्ष भने बढी नै बलि प्रदान गरिएको जनाइएको छ । मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्धारा सबैभन्दा पहिला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भलुवा निवासी जगदिश यादवको राँगा बलि प्रदान गरिएको थियो । त्यसपछि बलि दिन ल्याइएका भक्तजनका राँगा पालैपालो बलि चढाइएको थियो ।

बिहीबार बिहान ११ बजेर ३० मिनेटबाट सुरु भएको बलि साँझ ८ बजे सम्पन्न भएको थियो । कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवी सम्म करिब २० हजारको हाराहरीमा खसीबोकाको बलि दिइएको थियो ।

आफ्नो मनोकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि चढाउन भक्तजनहरु आएका पण्डित मिरकुञ्जय झाले बताए ।

गत वर्ष कंकालिनी भगवती मन्दिरमा तीन।सय ८५ वटा राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएको थियो । अघिल्ला वर्षमा कोरोनाको महामारीका कारण नेपाल–भारत सीमा नाका बन्द हुँदा त्यहाँका भक्तजनहरु आउन नसकेकाले यस पटक धेरै भक्तजनहरु आएका थिए ।

गत वर्ष सप्तरी जिल्लासहित देशैभरि कोरोना माहामारीको प्रभाव परेको थियो । कोरोनाका कारण दशैँमा जिल्लाको कंकालिनी भगवती र छिन्नमस्ता भगवतीसहित विभिन्न ठाउँमा मेला समेत लागेको थिएन ।

यसैबीच यस कंकालिनी मन्दिरमा बडादशैँको महानवीमीका दिन ठूलो मेला पनि लाग्ने गर्दछ । यस वर्ष कोभिड महामारीको कमीले गर्दा नेपाल–भारत सीमा नाका खुल्ला भएका कारण मेला भर्न हजारौँ मानिस अएका थिए ।

नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी, मोरङ, झापा र छिमेकी राष्ट्र भारतको बिहार राज्यको सुपोल, मधुवनी अररिया लगायतका ठाउँबाट यहाँ दर्शनार्थीहरु आउने गरेका छन् ।

त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ । त्यहाँ पनि घटस्थापनादेखि महानवमीसम्म मेला लागेको थियो । रासस

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ५ : ३० बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध