चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन शक्तिाली « Khabarhub

चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन शक्तिाली


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाईट तस्विरले देखाएका छन् । ताइवानमाथि अतिक्रमणको प्रयास स्वरुप चीनले पछिल्लो कदम चालेको हो ।

साउद चाइना मर्निङ पोस्टका अनुसार फुजियान प्रान्त नजिकका तीन हवाई क्षेत्रलाई थप विकास गरिएको छ । बलियो बनाइएका ती क्षेत्रले चीनको हवाई फौजलाई आकाशमा शत्रुबिरुद्ध लड्न सहयोग गर्नेछन् ।

एक साताअघि चीनको जनमुक्ति सेनाको हवाई फौजले ताइवानको रक्षा क्षेत्रमा १५० ओटा लडाकु विमान उडाएपछि स्याटलाइट तस्विर सार्वजनिक गरिएका थिए । ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ लडाकु विमान उडेपछि दुई देशबीचको तनाब चुलिएको छ । बिबादमा अमेरिकासमेत तानिएको छ । ताइवानमाथि हमला भए अमेरिका चुप लागेर नबस्ने वासिंगटनले चीनलाई चेतावनी दिइसकेको छ ।

लंगटियान, हुइएन र झाङझोउ आधार क्षेत्र बाट खिचिएका तस्विरमा चीनले निर्माण गरिरहेको भण्डारण बंकर, लामा एप्रोन र नयाँ प्रशासकीय भवनहरु देख्न सकिन्छ ।

तस्विरलाई सुरुमा अमेरिकाको सेनाको वेबसाईट दी ड्राइभले सार्वजनिक गरेको थियो । सन् १९८० को दशकको समयमा निर्माण गरिएका पूर्वाधारहरुलाई सन् २०२० को सुरु देखि पुनः निर्माण गरेको तस्विरमा देखिन्छ । कोभिड महामारीको समयमा पनि निर्माण कार्य जारी रहेको थियो ।

लंगटाएन वायुक्षेत्रलाई ठूलो र हवाई रक्षा स्थापनाको रुपमा विकसित गरिएको छ । त्यहाँ कम्तिमा पाँच ओटा बंकरहरु थप प्रशासकीय केन्द्रहरु निर्माण भइरहेका छन् । एजेन्सी

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १० : ०० बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत