विश्वकपमा छनोट भईसकेको जर्मनीको फराकिलो जित « Khabarhub

विश्वकपमा छनोट भईसकेको जर्मनीको फराकिलो जित


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा जर्मनीले फराकिलो जित निकालेको छ ।

यस अघि नै विश्वकपमा छनोट भईसकेको जर्मनीले आइतबार राति अर्मेनियालाई ४-१ गोल अन्तरले हराएको हो ।

जर्मनीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । यस्तै काइ हार्भटेज र जोनास होफम्यानले एक एक गोल गरे ।

अर्मेनियाका हेनरिक मिखीटेरीयानले एक गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्रै बन्यो ।

यस जितसँगै समूह जे को जर्मनीले १० खेलमा २७ अंक जोड्यो । अर्मेनिया १२ अंक जोडेर चौंथो स्थानमा रह्यो ।

छनोट अन्तर्गत यसै समूहको अर्को खेलमा नर्थ मासेडोनियाले आइसल्याण्डलाई ३-१ ले र रोमानियाले लिचेस्टाइनलाई २-० ले हरायो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ५५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र