‘सत्यम’मा मलिकाको स्थानमा उपासना « Khabarhub

‘सत्यम’मा मलिकाको स्थानमा उपासना


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री तथा मोडल मलिका महत फिल्म ‘सत्यम’बाट बाहिरिएकी छन् । उनको स्थान अभिनेत्री उपासना सिंह ठकुरीले लिएकी छन् । फिल्ममा उनको जोडी अभिनेता पल शाहसँग हुनेछ । फिल्ममा अभिनेता राजेश हमालको मुख्य भूमिका रहनेछ ।

पढाई र सुटिङको समय तालिका नमिल्ने भएपछि महतले फिल्म छाडेकी हुन् । निर्माता रेशम सापकोटाले मलिकाले फिल्म छाड्नुको कारण उनको अध्ययन नै रहेको बताए ।

निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनालाई नै अफर गरिएको तर अर्को फिल्मको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी थिईनन् । उपासना पहिलो पटक फिल्ममा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्नका लागि निकै उत्साहित छन् ।

फिल्ममा अनुपविक्रम शाही, अभय बराल र कृष्ण जोशीको अभिनय रहनेछ । नवयुग सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्ममा रेशम सापकोटाको लेखन रहनेछ । फिल्मका निर्माता रेशम नै हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्मका सह–निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ४८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको