एक चोरको राष्ट्र प्रेम : प्रेरक प्रसङ्ग « Khabarhub

एक चोरको राष्ट्र प्रेम : प्रेरक प्रसङ्ग


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो घटना जापानको हो । एक पटक रातको समयमा एउटा चोर महाजनको घरमा चोरी गर्नको लागि छिर्‍यो । घर मालिक सुतेको देखेर चोरले बहुमूल्य सामानहरू एउटा सुटकेसमा जम्मा गर्न थाल्यो । यहाँसम्म कि सुटकेसमा खाली ठाउँ भेटेर उसले पुस्तक समेत छोडेन ।

तब अचानक मालिकको आँखा खुल्यो । अर्को कोठाबाट आइरहेको आवाजको कारण उनले सबै कुरा बुझे । अब के गर्ने भनेर उनले केही सोच्न सकिरहेका थिएनन् । टेलिफोन पनि चोरको कोठामा थियो ।

जब केही बुझ्न सकेनन् तब महाजनले पलङको छेउमा राखिएको ग्रामोफोनमा जापानको राष्ट्रिय गीत रेकर्ड बजाए । चोरले जब आफ्नो देशको राष्ट्रिय गीतको धुन सुन्यो तब ऊ सावधान भएर उभियो ।

महाजनले मौका पाएर डोरीले चोरको हात खुट्टा बाँधे र पुलिसलाई फोन गरे । यसरी पुलिस आएर चोरलाई गिरफ्तार गर्‍यो ।

पछि जब बयान दिनको लागि महाजनलाई अदालतमा बोलाइयो तब महाजनले चोरलाई चतुर्‍याइपूर्वक समाएको सबै कथा अदालतमा बयान दिए ।

चोरको राष्ट्र प्रेम देखेर अदालतमा उपस्थित जनसमूह दङ्ग भए ।

अदालतले फैसला सुनायो, यति ठुलो राष्ट्रभक्त । कसैको बाध्यता नबुझी उसलाई सजाय दिनु पनि अपराध हो । यसैले यसलाई इज्जतसाथ रिहा गरिन्छ ।

तर अदालतमा बसेका सबै दर्शक एक पटक छक्क परे जब अदालतले सेठलाई राष्ट्रिय गीतको अपमान गरेको अपराधमा दुई वर्षको कैद सजाय सुनाए, किनकि उनी राष्ट्रिय गान बजिरहेको बेलामा सावधान मुद्रामा नउभिएर चोरलाई बाँध्न लागिपरेका थिए ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : १५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका