स्टण्ट दिँदा ‘गोर्खा वारियर–२’ अभिनेता रितेश घाइते « Khabarhub

स्टण्ट दिँदा ‘गोर्खा वारियर–२’ अभिनेता रितेश घाइते


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘गोर्खा वारियर–२’बाट अभिनयमा डेब्यू गरेका अभिनेता रितेश चाम्स स्टण्ट दिने क्रममा भीरबाट लडेर घाइते भएका छन् । सिन्धुलीमा छायांकनरत फिल्मको एक्सन दृश्यमा स्टण्ट दिने क्रममा घाइते भएका उनको घाँटीमा गम्भीर चोट लागेको छ ।

फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सका अनुसार रितेशको सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनिकमा उपचार भईरहेको छ । यो फिल्मको २० दिन यता सिन्धुलीको कमलामाई क्षेत्रमा छायांकन चलिरहेको छ ।

‘फिल्मको छायांकनको क्रममा बुधबार बिहान अभिनेता रितेश भीरबाट झर्दै तल गहिरोमा पुगेर आक्रमण गर्नुपर्ने दृष्य थियो । सो क्रममा असन्तुलित भएर उनी भीरबाट लडेपछि रुखमा ठोकिँदै जमिनमा बजारिँदा गम्भीर चोट लागेको हो’, निर्देशक चाम्सले भने ।

मिलनका अनुसार रितेशले कम्तीमा १० दिनसम्म स्वास्थ्य लाभ गर्नुपर्नेछ । निकै जोखिमपूर्ण स्टण्ट रितेश आफैंले गर्छु भनेपछि लडेर घाइते भएको मिलनको भनाई छ । फिल्ममा द्वन्द्वको लािग केही कठिन दृश्य छायांकन गर्न भारतीय प्राविधिकहरु बुधबार सिन्धुली पुग्दैछन् ।

फिल्ममा रितेश चाम्ससँगै, बिजय लामा, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सहनिर्माताको रुपमा सुरेश राई छन् । सन् २०२२ मा रिलिज हुने फिल्मको नेपाल छायांकन पुरा गरी बाँकी छायांकन बेलायत, भारत र मलेसियामा हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ४६ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स