स्टण्ट दिँदा ‘गोर्खा वारियर–२’ अभिनेता रितेश घाइते | Khabarhub Khabarhub

स्टण्ट दिँदा ‘गोर्खा वारियर–२’ अभिनेता रितेश घाइते


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘गोर्खा वारियर–२’बाट अभिनयमा डेब्यू गरेका अभिनेता रितेश चाम्स स्टण्ट दिने क्रममा भीरबाट लडेर घाइते भएका छन् । सिन्धुलीमा छायांकनरत फिल्मको एक्सन दृश्यमा स्टण्ट दिने क्रममा घाइते भएका उनको घाँटीमा गम्भीर चोट लागेको छ ।

फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सका अनुसार रितेशको सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनिकमा उपचार भईरहेको छ । यो फिल्मको २० दिन यता सिन्धुलीको कमलामाई क्षेत्रमा छायांकन चलिरहेको छ ।

‘फिल्मको छायांकनको क्रममा बुधबार बिहान अभिनेता रितेश भीरबाट झर्दै तल गहिरोमा पुगेर आक्रमण गर्नुपर्ने दृष्य थियो । सो क्रममा असन्तुलित भएर उनी भीरबाट लडेपछि रुखमा ठोकिँदै जमिनमा बजारिँदा गम्भीर चोट लागेको हो’, निर्देशक चाम्सले भने ।

मिलनका अनुसार रितेशले कम्तीमा १० दिनसम्म स्वास्थ्य लाभ गर्नुपर्नेछ । निकै जोखिमपूर्ण स्टण्ट रितेश आफैंले गर्छु भनेपछि लडेर घाइते भएको मिलनको भनाई छ । फिल्ममा द्वन्द्वको लािग केही कठिन दृश्य छायांकन गर्न भारतीय प्राविधिकहरु बुधबार सिन्धुली पुग्दैछन् ।

फिल्ममा रितेश चाम्ससँगै, बिजय लामा, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सहनिर्माताको रुपमा सुरेश राई छन् । सन् २०२२ मा रिलिज हुने फिल्मको नेपाल छायांकन पुरा गरी बाँकी छायांकन बेलायत, भारत र मलेसियामा हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ४६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका