बंगलादेशमा लेखक अभिजित रायको हत्याका पाँच दोषीलाई मृत्युदण्डको सजाय « Khabarhub

बंगलादेशमा लेखक अभिजित रायको हत्याका पाँच दोषीलाई मृत्युदण्डको सजाय


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बंगलादेशको एक अदालतले ६ वर्ष अघि लेखक तथा ब्लगर अभिजित रायको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अर्का एक दोषीलाई भने जन्मकैदको सजाय सुनाएको छ ।

यो फैसला आउनु केही दिन अघि मात्रै अभिजित रायको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या प्रकरणमा आठ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने कयौँ लेखक तथा प्रकाशकहरुको हत्या भएको थियो । त्यसक्रममा सबैभन्दा पहिला अभिजित रायको हत्या भएको थियो ।

उनी ढाका पुस्तक मेलाबाट बाहिर निस्कदै गर्दा हत्या गरिएको थियो । उक्त हत्याकाण्डलाई लिएर बंगलादेशमा व्यापक विरोध प्रदर्शन भएका थिए । अन्तर्राष्ट्रिय समुदायले पनि उक्त घटनाको निन्दा गरेको थियो ।

अभिजित राय बंगलादेशका चर्चित लेखक तथा ब्लगर थिए । उनले विज्ञान, नास्तिकता तथा धर्मको विषयमा थुप्रै किताब लेखका थिए । उनी एक ब्लगिङ प्लेटफर्म ‘मुक्तमन’ को संस्थापक पनि थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  २ : ४२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र