बंगलादेशमा लेखक अभिजित रायको हत्याका पाँच दोषीलाई मृत्युदण्डको सजाय « Khabarhub

बंगलादेशमा लेखक अभिजित रायको हत्याका पाँच दोषीलाई मृत्युदण्डको सजाय


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बंगलादेशको एक अदालतले ६ वर्ष अघि लेखक तथा ब्लगर अभिजित रायको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अर्का एक दोषीलाई भने जन्मकैदको सजाय सुनाएको छ ।

यो फैसला आउनु केही दिन अघि मात्रै अभिजित रायको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या प्रकरणमा आठ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने कयौँ लेखक तथा प्रकाशकहरुको हत्या भएको थियो । त्यसक्रममा सबैभन्दा पहिला अभिजित रायको हत्या भएको थियो ।

उनी ढाका पुस्तक मेलाबाट बाहिर निस्कदै गर्दा हत्या गरिएको थियो । उक्त हत्याकाण्डलाई लिएर बंगलादेशमा व्यापक विरोध प्रदर्शन भएका थिए । अन्तर्राष्ट्रिय समुदायले पनि उक्त घटनाको निन्दा गरेको थियो ।

अभिजित राय बंगलादेशका चर्चित लेखक तथा ब्लगर थिए । उनले विज्ञान, नास्तिकता तथा धर्मको विषयमा थुप्रै किताब लेखका थिए । उनी एक ब्लगिङ प्लेटफर्म ‘मुक्तमन’ को संस्थापक पनि थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  २ : ४२ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको