‘प्रणाम’ एक प्रेरक प्रसङ्ग « Khabarhub

‘प्रणाम’ एक प्रेरक प्रसङ्ग


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा सम्पन्न बस्तीमा एक गरिब कलाकार बस्थे । गाउँबाट बाहिर जाने समयमा बाटोमा भेटेजति सबैलाई विनम्रतापूर्वक प्रणाम गर्थे ।

एक दिन बस्तीका सम्पन्न नागरिकलाई राजदरबारबाट निमन्त्रणा आयो । उनीहरु सबै त्यहाँ पुगे । राजासहित कर्मचारीले उनीहरुको स्वागत गरे ।

त्यस वेला उनीहरुले बस्तीको त्यो गरिब कलाकार पनि त्यहीँ पुगेको र स्वयम् महाराजले उठेर उनलाई सम्मानसहित आफ्नो नजिक बस्न भनिरहेको देखे ।

सबै देखेर बस्तीका मानिस छक्क परे ।

दोस्रो दिन उनीहरुले कलाकारसँग सोधे— ‘हामीले तिमीलाई साधारण मानिस सम्झिरहेका थियौँ । तिम्रो त राजदरबारसम्म सम्मान रहेछ, तिमीले हामीलाई बताउँदा पनि बताएनौँ ?’

कलाकारले विनम्रतापूर्वक भने— ‘यसमा बताउने कुरा के छ र ? जसले कलालाई बुझ्छन् उनीहरु त्यसलाई प्रणाम गर्छन् र जसले बुझ्दैनन् उनीहरुलाई म प्रणाम गर्छु ।’

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ३० बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव