प्रधानमन्त्रीले आयोजना गरेको चियापान एमालेको नेपाल समूहले बहिष्कार गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्रीले आयोजना गरेको चियापान एमालेको नेपाल समूहले बहिष्कार गर्ने


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको माधव कुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

पार्टीभित्र तिक्तता बढीरहेका बेला प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे चियापान आयोजना गरेका छन् । तर यो चियापान कार्यक्रममा नजाने नेपाल समूहले जनाएको छ ।

पार्टी विवाद नमिली बालुवाटार जानुको औचित्य नभएको सो समूहको सोमबार बानेश्वरमा बसेको बैठकले निचोड निकाले नेता भीम रावलले जनाए ।

चियापानमा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई बोलाएका छन् ।

ओली समूहले सबै केन्द्रीय नेताहरुलाई चियापानमा सहभागिका लागि निम्तोसहितको सन्देश पठाएको जनाइएको छ।

पार्टी विवाद चुलिएका बेला सोमबार पार्टी कार्यालय धुम्बारहीमा दुबै समूहबीच वार्ता भएको थियो । तर दुबै समूहको अडानले वार्ता निष्कर्षविहिन भएको थियो ।

 

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ९ : २० बजे

गोली प्रहारबाट किशोरीको हत्या

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका– ६, घुस्कीमा गोली प्रहारबाट आइतबार राति

समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा

काठमाडौं – नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप

देशभर ५९ प्रतिशत रोपाइँ सम्पन्न, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौं– देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ

कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, संविधान संशोधनको सहमति कागजमै सीमित

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस

पानी नपर्दा सुक्यो धानको रोपो

सुनसरी– समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न