जनगणनाका लागि इलाममा कार्यालय स्थापना « Khabarhub

जनगणनाका लागि इलाममा कार्यालय स्थापना


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- आगामी २०७८ सालमा हुने जनगणनाको तयारीका लागि इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ ।

राष्ट्रिय जनगणना, २०७८ का लागि इलाम सदरमुकामस्थित बीपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो ।

विसं २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

कार्यालयमा जनगणना अधिकारी र सहायक अधिकारीसहित पाँच जनाको दरबन्दी रहेको छ ।

कार्यालयले जनगणनाका लागि आवश्यक व्यवस्थापन र सञ्चालन गर्नेछ । कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन हुनेछ ।

जनगणनामा खटाइने सुपरिवेक्षक र गणकलाई प्रशिक्षण दिनका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण यही चैत ९ देखि १५ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ ।

सो प्रशिक्षक प्रशिक्षणका लागि इलामबाट २० जना सहभागी हुनेछन् । उनीहरुले जिल्लामा छनोट हुने सुपरिवेक्षक र गणकलाई तालिम दिनेछन् ।

जनगणनामा खटाइने आठ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ ।

इलामका लागि मात्र एक सय छ जना सुपरिवेक्षक र चार सय १० गणक माग गरिएको छ । चैत ५ देखि ११ गतेसम्म कार्यालयमा उपस्थित भएर पनि आवेदन गर्न सकिने जनगणना अधिकारी कार्कीले बताए ।

सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् ।

देशभर अहिलेसम्म एक लाख ४० हजारभन्दा बढीले आवेदन दिइसकेको तथ्याङ्क विभागले जनाएको छ ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ ।

सुपरीवेक्षकले २०७८ वैशाख १३ गते दुई महिनाका लागि र गणकले जेठ १० गते एक महिनाका लागि नियुक्ति पाउनेछन् ।

नियुक्ति पश्चात सुपरीवेक्षकले तालिम लिएर वैशाख २६ देखि जेठ १४ गतेसम्म २० दिनको अवधिमा घर तथा घरपरिवारको सूचीकरण गर्ने र सो सूचीकरणका आधारमा गणकबाट जेठ २५ देखि असार ८ गतेसम्म १५ दिनको अवधिमा मूल गणनाको काम हुनेछ ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ ।

त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्ला भित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ ।

जिल्लाको स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति हुनेछ । सो समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै वडास्तरीय जनगणना सहजीकरण समिति रहने छ ।

यो समितिको संयोजकमा सम्बन्धित वडाका वडाअध्यक्ष रहनेछन् । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहनेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : २० बजे

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि