गौतम बुद्धका ५ अनमोल वचन, तपाईँलाई कति उपयोगी ? « Khabarhub

गौतम बुद्धका ५ अनमोल वचन, तपाईँलाई कति उपयोगी ?


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भगवान गौतम बुद्धले बौद्ध धर्मको प्रवर्तन गरेका थिए । बुद्धको अहिंसा र करुणाको सिद्धान्तले सम्राट अशोकलाई यतिधेरै आर्कषित गरेको थियो कि उनले यसबाट प्रभावित भई बौद्ध मतलाई स्वीकार गरे युद्धमा रोक लगाएका थिए ।

बुद्धका अधिकतर उपदेश सामाजिक र सांसारिक समस्यामा केन्द्रित रहेको छ । उनले सैयौं बर्ष पहिले भनेका कुरा वा विचार आज पनि प्रासँगिक रहदै आएको छ । उनका वाणीहरुले व्यक्तिको जीवन सफल र सुखीमय बनाउन मद्दत गर्दछ ।

बुद्धका अनमोल वचनमार्फत व्यक्तिलाई जागरुक गराउनुका साथै ज्ञानको प्रकाश फैलाउन मद्दत गर्दै आएको छ । गौतम बुद्धका केही अनमोल वचनका साथ दिनको शुरुवात गरे सकारात्मक सोच बढ्दछ ।

१. जो मानिस जस्तो सोच्दछ, उसको सोच अनुसार उ त्यस्तै बन्दछ । यस्तोमा कोही व्यक्ति खराब सोचका साथ बोल्छ वा काम गर्दछ भने उसले कष्ट नै भोग्नु पर्दछ । तर यदि कोही व्यक्ति शुद्ध विचारका साथ बोल्दछ वा काम गर्दछ भने उसले केवल खुसि पाउँदछ ।

२. गौतम बुद्धले भनेका छन्, अतीतमा ध्यान नदेउ, भविष्यका बारेमा नसोच, आफ्नो मनलाई वर्तमान क्षणमा केन्द्रित गर । अर्थात हामीले आज मात्र आफ्नो जीवन जीउन पर्दछ । बरु आजलाई राम्रो बनाउने प्रयाश गर्नु पर्दछ । भूत र भविष्यको चिन्ता गर्नु हुदैन ।

३. अरुसँग लडाई गर्नुभन्दा तिमी आफैमा जित हासिल गर । यसो गर्दा तिमीले कुनै समस्या भोग्नु पर्दैन बरु उल्टै जित तिम्रो हुनेछ । यदि तिमीले आफूमाथि जित हासिल गर्याै भने तिमीलाई कसैले पराजित गर्न सक्दैन ।

४. बुद्ध भन्छन्, ३ चीज लामो समयसम्म लुक्न सक्दैन- सुर्य, चन्द्रमा र सत्य । तसर्थ यदि तिमीबाट कुनै गल्ती भयो भने यसलाई नलुकाउ किनभने यो लामो समयसम्म टिक्दैन ।

५. तपाईंसँग जे जति छ, त्यसैमा खुसी हुनुहोस् । आफुसँग भएभन्दा बढि अरुको सामु बढाई चढाई गरी नभन्नुहोस् । साथै अरुको कुनै पनि चीजमा ईर्ष्या नगर्नुहोस् । जो अरुको ईर्ष्या गर्दछ उसको मनमा कहिल्यै शान्तिको वास हुदैन ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ०४ बजे

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका

हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन

बागमती– हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२

रास्वपाकी मधेस सभापति ममताले दिइन् राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता