आईपीएल क्रिकेट : राजस्थानको पहिलो जित, दिल्ली ३ विकेटले पराजित « Khabarhub

आईपीएल क्रिकेट : राजस्थानको पहिलो जित, दिल्ली ३ विकेटले पराजित


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।

वान्खडे स्टेडियममा भएको खेलमा दिल्लीले १४८ रनको लक्ष्य दिएकोमा राजस्थान रोयल्सले निर्धारित १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो । राजस्थानका लागि डेभिड मिलरले ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै क्रिस मोरिसले ३६ रन बनाउँदा राहुल तिवातीयाले १९ रन बनाए ।

दिल्लीका लागि आभास खानले तीन विकेट लिए । त्यस्तै कगिसो रबाडा र क्रिस वोक्सले समान दुई-दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय पारी खेले ।त्यस्तै टोम करणले २१ रन बनाउँदा ललित यादवले २० रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि जयदेश अन्कडले ३, मुस्तफिजुर रहमानले २ र क्रिस मोरिसले १ विकेट लिएका थिए । जितसँगै राजस्थानले २ खेलबाट २ अंक जोडेको छ ।

राजस्थान पहिलो खेलमा पन्जाब किङससँग पराजित भएको थियो । यता दिल्लीको पनि २ खेलबाट २ अंक रहेको छ । दिल्लीले पहिलो खेलमा चेन्नइ सुपर किङ्सलाई हराएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ४३ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर