आईपीएल क्रिकेट : राजस्थानको पहिलो जित, दिल्ली ३ विकेटले पराजित « Khabarhub

आईपीएल क्रिकेट : राजस्थानको पहिलो जित, दिल्ली ३ विकेटले पराजित


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।

वान्खडे स्टेडियममा भएको खेलमा दिल्लीले १४८ रनको लक्ष्य दिएकोमा राजस्थान रोयल्सले निर्धारित १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो । राजस्थानका लागि डेभिड मिलरले ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै क्रिस मोरिसले ३६ रन बनाउँदा राहुल तिवातीयाले १९ रन बनाए ।

दिल्लीका लागि आभास खानले तीन विकेट लिए । त्यस्तै कगिसो रबाडा र क्रिस वोक्सले समान दुई-दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय पारी खेले ।त्यस्तै टोम करणले २१ रन बनाउँदा ललित यादवले २० रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि जयदेश अन्कडले ३, मुस्तफिजुर रहमानले २ र क्रिस मोरिसले १ विकेट लिएका थिए । जितसँगै राजस्थानले २ खेलबाट २ अंक जोडेको छ ।

राजस्थान पहिलो खेलमा पन्जाब किङससँग पराजित भएको थियो । यता दिल्लीको पनि २ खेलबाट २ अंक रहेको छ । दिल्लीले पहिलो खेलमा चेन्नइ सुपर किङ्सलाई हराएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ४३ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम