ब्राजिलमा एकैदिन ३ हजार ७७४ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा एकैदिन ३ हजार ७७४ कोरोना संक्रमितको मृत्यु


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि फेरि तीब्र बनेको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६५ हजार ९५४ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा ८० हजार ५२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । योसँगै ब्राजिलमा संक्रमितको संख्या १ करोड ३७ लाख ५८ हजार ९३ पुगेको छ ।

ब्राजिलमा संक्रमितमध्ये हालसम्म १ करोड २२ लाख ३६ हजार २९५ जना उपचारपछि निको भएका छन् भने ८ हजार ३१८ को अवस्था गम्भीर रहेको जनाइएको छ । त्यसैगरी हाल १ करोड १५ लाख ५ हजार ८४४ सक्रिय संक्रमित रहेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय भारतमा तीब्र देखिएको छ ।
आज विहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ९६ लाख ६५ हजार नाघेको छ ।

संक्रमितमध्ये २९ लाख ९८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ करोड ८७ लाख ५२ हजार बढीले कोरोना संक्रमणलाई जितेका छन् ।

विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख १४ हजार बढी छ । जसमध्ये १ लाख ६ हजार ६ सय बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : २८ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता