ब्राजिलमा एकैदिन ३ हजार ७७४ कोरोना संक्रमितको मृत्यु « Khabarhub

ब्राजिलमा एकैदिन ३ हजार ७७४ कोरोना संक्रमितको मृत्यु


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि फेरि तीब्र बनेको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६५ हजार ९५४ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा ८० हजार ५२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । योसँगै ब्राजिलमा संक्रमितको संख्या १ करोड ३७ लाख ५८ हजार ९३ पुगेको छ ।

ब्राजिलमा संक्रमितमध्ये हालसम्म १ करोड २२ लाख ३६ हजार २९५ जना उपचारपछि निको भएका छन् भने ८ हजार ३१८ को अवस्था गम्भीर रहेको जनाइएको छ । त्यसैगरी हाल १ करोड १५ लाख ५ हजार ८४४ सक्रिय संक्रमित रहेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय भारतमा तीब्र देखिएको छ ।
आज विहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ९६ लाख ६५ हजार नाघेको छ ।

संक्रमितमध्ये २९ लाख ९८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ करोड ८७ लाख ५२ हजार बढीले कोरोना संक्रमणलाई जितेका छन् ।

विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख १४ हजार बढी छ । जसमध्ये १ लाख ६ हजार ६ सय बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : २८ बजे

बालेन सरकारविरुद्ध प्रमुख विपक्षी दलको मोर्चाबन्दी

काठमाडौं- संसदमा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलहरूले वालेन्द्र शाह (बालेन)

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर– सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार

बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकामा बालश्रममुक्त उद्योग घोषणा अभियान थालिएको छ ।

तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिँदै

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङमा अतिक्रमण गरी भाडामा लगाइएका सार्वजनिक

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा