प्रेरक– सरकारी पैसा अनावश्यक खर्च गर्नुहुँदैन « Khabarhub

प्रेरक– सरकारी पैसा अनावश्यक खर्च गर्नुहुँदैन


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति डा. राजेन्द्र प्रसाद बिहारमा सरकारी कामले जाँदै थिए । राँची पुगेपछि उनलाई आफ्नो जुत्ता फाट्न लागेको र अब धेरै लगाउन सम्भव छैन भन्ने अनुभव भयो । उनले आफ्ना सचिवलाई एकजोर जुत्ता किनेर ल्याउन अह्राए ।

सचिवले एकदमै महँगो र नरम खालको जुत्ता किनेर ल्याइदिए ।

जुत्ता देखेर डा. राजेन्द्र प्रसादले रिसाउँदै भने, ‘म सस्तो जुत्ता लगाउँछु । तपाईंले यति महँगो जुत्ता किन ल्याउनुभयो ? कृपया यसलाई फिर्ता गरिदिनुस् ।’

सचिव जुत्ता साट्न जानै लाग्दा राष्ट्रपतिले भने, ‘अहिल्यै जानु आवश्यक छैन । दुई किलोमिटर आउन जानमा जति पेट्रोल खर्च हुन्छ, त्यसबारेमा पनि सोच्नुस् । कुनै अरु कामको लागि त्यता जाँदा साटेर ल्याउनू । सरकारी पैसालाई बिनाकारण खर्च गर्नु हुँदैन ।’
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार