प्रेरक– सरकारी पैसा अनावश्यक खर्च गर्नुहुँदैन « Khabarhub

प्रेरक– सरकारी पैसा अनावश्यक खर्च गर्नुहुँदैन


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति डा. राजेन्द्र प्रसाद बिहारमा सरकारी कामले जाँदै थिए । राँची पुगेपछि उनलाई आफ्नो जुत्ता फाट्न लागेको र अब धेरै लगाउन सम्भव छैन भन्ने अनुभव भयो । उनले आफ्ना सचिवलाई एकजोर जुत्ता किनेर ल्याउन अह्राए ।

सचिवले एकदमै महँगो र नरम खालको जुत्ता किनेर ल्याइदिए ।

जुत्ता देखेर डा. राजेन्द्र प्रसादले रिसाउँदै भने, ‘म सस्तो जुत्ता लगाउँछु । तपाईंले यति महँगो जुत्ता किन ल्याउनुभयो ? कृपया यसलाई फिर्ता गरिदिनुस् ।’

सचिव जुत्ता साट्न जानै लाग्दा राष्ट्रपतिले भने, ‘अहिल्यै जानु आवश्यक छैन । दुई किलोमिटर आउन जानमा जति पेट्रोल खर्च हुन्छ, त्यसबारेमा पनि सोच्नुस् । कुनै अरु कामको लागि त्यता जाँदा साटेर ल्याउनू । सरकारी पैसालाई बिनाकारण खर्च गर्नु हुँदैन ।’
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने