नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था « Khabarhub

नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो ।

यसअघि खैरहनी–६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी, वडा नं १० मा कठार स्वास्थ्यचौकी, वडा नं २ मा चैनपुर स्वास्थ्यचौकी, वडा नं १२ मा कुमरोज स्वास्थ्यचौकी र वडा नं १३ मा नगर स्वास्थ्य क्लिनिक र बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए ।

खैरहनीको वडा नं १, ३, ४, ५, ७, ८, ९ र ११ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरिएको अधिकारीले जानकारी दिए ।

यसअघि स्वास्थ्य संस्था नभएका वडाका स्थानीयवासीले अब आफ्नै स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्नेछन् । आधारभूत स्वास्थ्य केन्द्रमा अहेव, अनमी र एक कार्यालय सहयोगी नियुक्त गरिएको छ । वडा नं ४ र ९ को आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिका नर्सिङ अधिकृत पूजा गिरीले बताइन् ।

केन्द्रबाट परामर्शसहित बिरामीको आवश्यकतानुसार निःशुल्क औषधि वितरणसमेत हुने उनले बताइन् । आफ्नै भवन नभएका केही स्वास्थ्य केन्द्रले सामुदायिक भवनबाट सेवा दिन शुरु गरेका छन् । खैरहनी १, ४, ५ र ८ ले वडा कार्यालयको भवनबाट सेवा दिएका छन् भने वडा नं ७ ले विद्यालयको भवन र ११ ले क्लबको भवनमा केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरेका छन् ।

वडा नं ४ को भवन स्वास्थ्य संस्था राख्न मिल्ने गरिनै निर्माण भएकाले त्यहीँबाट वडावासीले सेवा पाउनेछन् भने वडा नं ३, ९ मा नगरपालिकाले नै छुट्टै भवन निर्माण गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।

“स्वास्थ्य मानवको महत्वपूर्ण पक्ष हो”, नगरप्रमुख चौधरीले भने, “आधारभूत स्वास्थ्य सेवाबाट अब नगरवासी वञ्चित हुनुपर्दैन, आफ्नै ठाउँबाट सेवा पाउनेछन् ।” आफ्नो भवन नभएका स्वास्थ्य केन्द्रहरुको अर्को वर्ष भवन निर्माण हुने चौधरीले बताउनुभयो । खैरहनीमा १५ शय्याको अस्पतालसमेत निर्माणको प्रक्रियामा रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार