बालबालिका 'युके भेरियन्ट'को जोखिममा : तीन दिनमा १९ वर्ष मुनिका १७० संक्रमित थपिए | Khabarhub Khabarhub

बालबालिका ‘युके भेरियन्ट’को जोखिममा : तीन दिनमा १९ वर्ष मुनिका १७० संक्रमित थपिए


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दो दरमा देखिएको छ । अहिले युवा तथा बालबालिकाहरुमा युके भेरियन्ट संक्रमणको जोखिम बढेको जनाइएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो तीन दिन अर्थात विहीबारसम्म १९ वर्ष मुनिका १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विहीबार ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १९ वर्ष मुनिको उमेर समूहका ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । जसमा १० देखि १९ वर्ष उमेर समूहका ४० र ९ वर्षसम्मको उमेर समूहका १२ जना छन् ।

बुधबार ६०३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १९ वर्ष मुनिको उमेर समूहका ७० जनामा कोरोना पुष्टि भएको थियो ।

यसैगरी मंगलबार ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १९ वर्ष मुनिका उमेर समूहका ४८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयलेको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ उमेर समूह अनुसार मंगलबार, बुधबार र विहीबारको तथ्यांक 

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १० वर्ष उमेर समूहका बालबालिकामध्ये ६ हजार ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी ११ देखि २० वर्ष उमेर समूहका १ लाख ८ हजार ४०८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ०६ बजे

कांग्रेस नेता मोहन बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं– विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख

तान्जानियामा बस दुर्घटनाबाट ३८ जनाको मृत्यु

डार एस सलाम- तान्जानियाको किलिमञ्जारो क्षेत्रको साबासाबा नामक स्थानमा शनिबार

जहाँ धान रोपाइँ गर्दा बाजा बजाउँदै देउडा खेलेर उत्सव मनाइन्छ

धनगढी–  आइतबार राष्ट्रिय धान दिवस । सुदूरपश्चिमको विभिन्न जिल्लाका अधिकांश

किसानको रोजाइमा उन्नत जातका बीउ, रैथाने धान लोप हुँदै

दोलखा– असार पन्ध्र राष्ट्रिय धान दिवस । दोलखा धान उत्पादन