ग्रामीण भेगमा विद्युत् विस्तार | Khabarhub Khabarhub

ग्रामीण भेगमा विद्युत् विस्तार


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–तनहुँको ग्रामीण भेगमा विद्युत् विस्तार गरिएको छ । हालसम्म विद्युत् सेवा नपुगेका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्युतीकरण गरिएको हो ।

बन्दीपुर गाउँपालिका–६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१४ को मास्दीघाट, सुढे रिजाल्दीको ११५ घरमा बिहीबारदेखि बत्ती बलेको छ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत् सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त ठाउँमा बत्ती बलेको हो ।

बन्दीपुर गाउँपालिका–६ का ६२ र व्यास नगरपालिका–१४ का ५३ घरमा बत्ती बलेसँगै दुवै वडा अन्धकारमुक्त भएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उक्त वडामा बत्ती बलेसँगै गाउँपालिकाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको जानकारी दिए ।

‘यहाँका स्थानीयवासी यस अगाडि सोलार र टुकीका भरमा बस्दै आएका थिए, विद्युत् पुगेसँगै स्थानीयवासीमा खुशी छाएको छ’, उनले भने, ‘गाउँपालिकाका कुनै पनि घर अब अँध्यारो छैन ।’

व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले विद्युत् विस्तारसँगै वडा पनि पूर्णरुपमा उज्यालो भएको जानकारी दिए । उक्त वडामा कूल ८२३ घरधुरी छ । ‘मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सोलार प्रयोग हुन्थ्यो, वडाकै लगानीमा नौ ठाउँमा सोलार खम्बा पनि राखेका थियौँ’, उनले भने, ‘अब त बिजुली नै आएपछि सहज हुने भयो ।’

जिल्लाका विद्युत् नपुगेका ठाउँमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत सुदृढीकरण तथा विस्तार आयोजनाले काम गरिरहेको छ ।
आयोजनाका इञ्जिनीयर लक्ष्मण रेग्मीले घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गर्ने कामलाई तीव्र बनाइएको जानकारी दिए ।

त्यसका लागि घिरिङ गाउँपालिका–४ कोटसाभुङ र बन्दीपुर गाउँपालिका–६ साराङघाटमा सवस्टेशन निर्माणको काम भइरहेको छ । ‘छ÷आठ एमभिए क्षमताको ट्रान्सफर्मर राखेर दुई वटा सवस्टेशन निर्माणाधीन अवस्थामा छ, असार मसान्तभित्र काम सम्पन्न गर्ने भनिए पनि विविध कारणले काममा ढिलाइ भयो’, उनले भने ।

उनका अनुसार असान्तभित्र काम सम्पन्न गर्न कठिनाइ भएकाले आगामी छ महीनाभित्र काम सम्पन्न हुने अनुमान गरिएको छ । सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सघाएको हो । तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गरिनेछ । ती घरधुरीमा विद्युतीकरणका लागि रु ८८ करोड बजेट खर्च हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १ : २५ बजे

माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक

प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी

अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि 

काठमाडौं– करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

संविधानलाई पूर्ण बनाउन सबैको ऐक्यवद्धता जरुरी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र