ग्रामीण भेगमा विद्युत् विस्तार « Khabarhub

ग्रामीण भेगमा विद्युत् विस्तार


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–तनहुँको ग्रामीण भेगमा विद्युत् विस्तार गरिएको छ । हालसम्म विद्युत् सेवा नपुगेका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्युतीकरण गरिएको हो ।

बन्दीपुर गाउँपालिका–६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१४ को मास्दीघाट, सुढे रिजाल्दीको ११५ घरमा बिहीबारदेखि बत्ती बलेको छ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत् सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त ठाउँमा बत्ती बलेको हो ।

बन्दीपुर गाउँपालिका–६ का ६२ र व्यास नगरपालिका–१४ का ५३ घरमा बत्ती बलेसँगै दुवै वडा अन्धकारमुक्त भएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उक्त वडामा बत्ती बलेसँगै गाउँपालिकाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको जानकारी दिए ।

‘यहाँका स्थानीयवासी यस अगाडि सोलार र टुकीका भरमा बस्दै आएका थिए, विद्युत् पुगेसँगै स्थानीयवासीमा खुशी छाएको छ’, उनले भने, ‘गाउँपालिकाका कुनै पनि घर अब अँध्यारो छैन ।’

व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले विद्युत् विस्तारसँगै वडा पनि पूर्णरुपमा उज्यालो भएको जानकारी दिए । उक्त वडामा कूल ८२३ घरधुरी छ । ‘मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सोलार प्रयोग हुन्थ्यो, वडाकै लगानीमा नौ ठाउँमा सोलार खम्बा पनि राखेका थियौँ’, उनले भने, ‘अब त बिजुली नै आएपछि सहज हुने भयो ।’

जिल्लाका विद्युत् नपुगेका ठाउँमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत सुदृढीकरण तथा विस्तार आयोजनाले काम गरिरहेको छ ।
आयोजनाका इञ्जिनीयर लक्ष्मण रेग्मीले घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गर्ने कामलाई तीव्र बनाइएको जानकारी दिए ।

त्यसका लागि घिरिङ गाउँपालिका–४ कोटसाभुङ र बन्दीपुर गाउँपालिका–६ साराङघाटमा सवस्टेशन निर्माणको काम भइरहेको छ । ‘छ÷आठ एमभिए क्षमताको ट्रान्सफर्मर राखेर दुई वटा सवस्टेशन निर्माणाधीन अवस्थामा छ, असार मसान्तभित्र काम सम्पन्न गर्ने भनिए पनि विविध कारणले काममा ढिलाइ भयो’, उनले भने ।

उनका अनुसार असान्तभित्र काम सम्पन्न गर्न कठिनाइ भएकाले आगामी छ महीनाभित्र काम सम्पन्न हुने अनुमान गरिएको छ । सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सघाएको हो । तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गरिनेछ । ती घरधुरीमा विद्युतीकरणका लागि रु ८८ करोड बजेट खर्च हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार