आजदेखि मेलम्चीको १२ करोड लिटर पानी उपत्यकामा « Khabarhub

आजदेखि मेलम्चीको १२ करोड लिटर पानी उपत्यकामा


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरू भएको छ ।

चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरू गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।

शुभारम्भका दिन साढे आठ करोड लिटर पानी वितरण भएको थियो । चैत मसान्तसम्म परीक्षणका रुपमा साढे आठ करोड लिटर पानी वितरण गरिएको थियो ।

वैशाख १ देखि १० करोड लिटर पानी वितरण शुरू गरिएकामा आजदेखि दैनिक १२ करोड २६ लाख लिटर पानी वितरणका लागि पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । अब केही दिनमा १४, १५.५ हुँदै १७ करोड लिटर पानी वितरण गर्ने गरी योजना बनाइएको छ । क्रमशः बढाउँदै वैशाख ५ गते सम्ममा मेलम्ची खोलाको १७ करोड लिटर नै पानी सुरुङबाट राजधानी ल्याई वितरण गर्ने आयोजनाले जनाएको छ ।

हाल सुन्दरीजलका पानी दुबै प्रशोधन केन्द्रबाट प्रशोधन हुन थालेको छ । चैत मसान्तसम्म एउटै प्रशोधन केन्द्र मात्र सञ्चालन गरिएको थियो । वैशाख १ गतेदेखि दुवै प्रशोधन केन्द्र सञ्चालन हुन थालेको हो । सुन्दरीजलबाट नेपाल खानेपानी गुणस्तरको पानी महाङ्काल, बालाजु, लाजिम्पाट पानीपोखरी, अनामनगर ओभरहेड पानीपोखरी, मीनभवन ओभरहेड पानीपोखरी र खुमलटार पानीपोखरीमा पुर्‍याई वितरण शुरु भएको छ ।

मेलम्ची खोलाबाट १७ करोड लिटर पानी राजधानी आएपछि कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाको टिगनीस्थित पानीपोखरीमा समेत पानी पुर्‍याएर परीक्षणका रुपमा वितरण गरिनेछ ।

सुन्दरीजलबाट थोक वितरण प्रणालीबाट पानी पानीपोखरीमा लगिन्छ । यसका लागि ७७ किमी थोक वितरण प्रणाली तयार भइसकेको छ । पानी वितरणका लागि राजधानीमा नौवटा पानी पोखरी र एक हजार १०० किमी वितरण प्रणाली पनि निर्माण भइसकेको छ ।

मेलम्चीको पानी हाल पुरानै वितरण प्रणालीबाट वितरण भइरहेको छ । अनामनगरको ५०० धारामा मात्र नयाँ वितरण प्रणालीबाट पानी पठाउन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । मेलम्चीको पानी वितरणका लागि उपत्यकामा करीब ८० हजार नयाँ धारा जडान गरिएको छ । सबै धारामा नयाँ मिटर जडान गर्न लागिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : ४५ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय