आलोपालो कक्षा सञ्चालनको व्यवस्था गर्न विद्यालयलाई सरकारको आग्रह « Khabarhub

आलोपालो कक्षा सञ्चालनको व्यवस्था गर्न विद्यालयलाई सरकारको आग्रह

'सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कार्यक्रम नगर्नू'


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएका शहर वा स्थानमा स्थानीय तहको निर्णय अनुसार विद्यालय बन्द र सञ्चालन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले संक्रमणको जोखिमलाई ध्यान दिँदै बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न पनि आग्रह गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षण संस्थाहरु सञ्चालन गर्दा भीडभाड नुहने गरी विद्यार्थीको संख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय एवम् परामर्श गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाइँ सम्बन्धित संस्थाले सिकाई क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था मिलाउनु हुन ।’

साथै मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न / नगराउन भनेको छ । साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएका विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ को अनुशरण गर्न आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको उच्च जोखिम भएको भनी पहिचान गरेका जिल्ला, शहर वा स्थानमा विशेषको हकमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम विद्यालयहरू बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न भनेको छ ।

पछिल्लो समय कोभिड–१९ संक्रमण फेरि बढ्दो अवस्थमा रहेको र त्यसबाट विशेष गरी विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण फैलन सक्ने भनी व्यक्त भएका चिन्ता प्रति मन्त्रालय गम्भीर भएको पनि विज्ञप्तीमा उल्लेख छ ।

नेपाल सरकारबाट थप निर्णय नभएसम्म सबै शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका जनस्वास्थ्य सम्बन्धी मापदण्डका साथै सातै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पालना गर्न/गराउने आग्रह गरेको छ ।

सबै शिक्षण शिक्षण संस्थाहरुमा अनिवार्य माक्स तथा स्यानिटाइजरको प्रयोग गर्ने र साबुन पानीले हात धुने व्यवस्था पनि मिलाउन सम्बन्धित स्थानीय तह र विद्यालयलाई मन्त्रालयले भनेको छ ।

बन्द भएका विद्यालयहरुमा पुनःसञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ मा तोकिएका विधि तथा प्रक्रियाहरूको पालना गर्नुका साथै बन्द भएका विद्यालयका विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार सिकाइ क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ३ : ४५ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक