विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर « Khabarhub

विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिकास्थित–११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबारदेखि कारोबार सुरु भएको हो। विशेष अदालत परिसरमा अदालतका न्यायाधीश प्रेमराज कार्कीले एक समारोहकाबीच उद्घाटन गरे।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाडौंमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको जनाएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १२ : २६ बजे

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय