काठमाडौँ उपत्यकामा असिनासहित वर्षा « Khabarhub

काठमाडौँ उपत्यकामा असिनासहित वर्षा


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा शुक्रबार अपराह्न असिनासहित वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले वर्षा भएको हो ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित सुदूरपश्चिमका पहाडी जिल्ला र प्रदेश १ का केही जिल्लामा पनि वर्षा भएको छ ।

प्रिमनशुन हिजो बेलुकादेखि शुरु भएको र अझै १-२ दिन यसको प्रभाव जारी रहने मौसमविद् वरुण पौडेलले खबरहबलाई जानकारी दिए ।

उनले भने, ‘हिजो बेलुकादेखि प्रिमनसुन शुरु भएको छ, यसको प्रभाव अझै केही दिन देखिने छ, केही ठाउँमा अहिले मेघ गर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षा भएको छ ।’

उनले अहिले पूर्वी पहाडी जिल्ला र गण्डकी प्रदेशका केही जिल्लामा पनि वर्षा भइरहेको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : ५० बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म