काठमाडौँ उपत्यकामा असिनासहित वर्षा | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा असिनासहित वर्षा


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा शुक्रबार अपराह्न असिनासहित वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले वर्षा भएको हो ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित सुदूरपश्चिमका पहाडी जिल्ला र प्रदेश १ का केही जिल्लामा पनि वर्षा भएको छ ।

प्रिमनशुन हिजो बेलुकादेखि शुरु भएको र अझै १-२ दिन यसको प्रभाव जारी रहने मौसमविद् वरुण पौडेलले खबरहबलाई जानकारी दिए ।

उनले भने, ‘हिजो बेलुकादेखि प्रिमनसुन शुरु भएको छ, यसको प्रभाव अझै केही दिन देखिने छ, केही ठाउँमा अहिले मेघ गर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षा भएको छ ।’

उनले अहिले पूर्वी पहाडी जिल्ला र गण्डकी प्रदेशका केही जिल्लामा पनि वर्षा भइरहेको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : ५० बजे

धूमपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत

भोकमरी, सेल्टरमा इजरायली आक्रमण र अनियन्त्रित राहत वितरण

एकातर्फ इजरायली नरसंहार, अर्कोतर्फ हमासको एकोहरो रटान। यसका बिच अहिले

ट्रम्पले बढाए स्टिलको आयात कर

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात हुने स्टिलमा लगाइने

आज विश्व धूमपानरहित दिवस मनाइँदै

काठमाडौं– आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस विभिन्न कार्यक्रम