विभिन्न जिल्लामा चट्याङ लागेर चार जनाको मृत्यु « Khabarhub

विभिन्न जिल्लामा चट्याङ लागेर चार जनाको मृत्यु


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका विभिन्न जिल्लामा चट्याङ लागेर चार जनाको ज्यान गएको छ । बिहीबार साँझ हावाहुरीसहित चट्याङ पर्दा बाग्लुङ, स्याङ्जा, भोजपुर र तेह्रथुममा गरी चार जनाको ज्यान गएको हो ।

बिहीबार बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ।

उनको धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो । यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ । त्यस्तै तेह्रथुमको, छथर गाऊपालिका ६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगरको पनि ज्यान गएको छ ।

बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा बाँया तर्फको टाउकोदेखि घाँटीसम्म जलेको थियो । अचेत अवस्थामा रहेकी उनको उपचारको लागि अस्पताल लैजाने तयारी हुँदाहुदै राति सवा ११ बजे घरैमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार