विभिन्न जिल्लामा चट्याङ लागेर चार जनाको मृत्यु | Khabarhub Khabarhub

विभिन्न जिल्लामा चट्याङ लागेर चार जनाको मृत्यु


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका विभिन्न जिल्लामा चट्याङ लागेर चार जनाको ज्यान गएको छ । बिहीबार साँझ हावाहुरीसहित चट्याङ पर्दा बाग्लुङ, स्याङ्जा, भोजपुर र तेह्रथुममा गरी चार जनाको ज्यान गएको हो ।

बिहीबार बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ।

उनको धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो । यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ । त्यस्तै तेह्रथुमको, छथर गाऊपालिका ६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगरको पनि ज्यान गएको छ ।

बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा बाँया तर्फको टाउकोदेखि घाँटीसम्म जलेको थियो । अचेत अवस्थामा रहेकी उनको उपचारको लागि अस्पताल लैजाने तयारी हुँदाहुदै राति सवा ११ बजे घरैमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : १६ बजे

चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना

काठमाडौं – भारतले बुधबार सुरु हुने इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा जसप्रित

चाँडै चीन भ्रमणको सम्भावना छ : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा नै चीन

एमालेको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनु हुँदैन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ७ गते बुधबार। साउन