ओलीको गृह जिल्ला झापामा एमाले नेपाल-खनाल पक्षको समानान्तर कमिटी गठन « Khabarhub

ओलीको गृह जिल्ला झापामा एमाले नेपाल-खनाल पक्षको समानान्तर कमिटी गठन


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– समानान्तर संगठन विस्तार गरिरहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको छ ।

शुक्रबार झापाको विर्तामोडमा आयोजित कार्यकर्ता भेलामा मालेकालदेखिका पुराना बामपन्थी नेता बेदराज रेग्मीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरिएको हो ।

३५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख रहेकी चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी लगायत रहेको नवघोषित जिल्ला कमिटी सदस्य केशव दाहालले जानकारी दिए ।

जिल्ला कमिटी घोषणा कार्यक्रममा वरिष्ठ नेता नेपालले ओलीको हठ र निरङ्कुश कार्यशैलीकै कारण नेपालमा कम्युनिस्ट संकटमा परेको आरोप लगाए ।

ओलीको व्यक्तिगत आकांक्षाले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको भन्दै उनले गलत प्रवृत्ति को भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

यस्तै पार्टीका उपमहासचिव घनश्याम भुषाले ओलीको राष्ट्रवाद नक्कली सावित भई सकेको टिप्पणी गरे । कार्यक्रममा पार्टीका नेताहरु भीम आचार्य, घनेन्द्र बस्नेत, नरेश खरेल, रविन कोईराला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार