ओलीको गृह जिल्ला झापामा एमाले नेपाल-खनाल पक्षको समानान्तर कमिटी गठन | Khabarhub Khabarhub

ओलीको गृह जिल्ला झापामा एमाले नेपाल-खनाल पक्षको समानान्तर कमिटी गठन


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– समानान्तर संगठन विस्तार गरिरहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको छ ।

शुक्रबार झापाको विर्तामोडमा आयोजित कार्यकर्ता भेलामा मालेकालदेखिका पुराना बामपन्थी नेता बेदराज रेग्मीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरिएको हो ।

३५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख रहेकी चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी लगायत रहेको नवघोषित जिल्ला कमिटी सदस्य केशव दाहालले जानकारी दिए ।

जिल्ला कमिटी घोषणा कार्यक्रममा वरिष्ठ नेता नेपालले ओलीको हठ र निरङ्कुश कार्यशैलीकै कारण नेपालमा कम्युनिस्ट संकटमा परेको आरोप लगाए ।

ओलीको व्यक्तिगत आकांक्षाले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको भन्दै उनले गलत प्रवृत्ति को भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

यस्तै पार्टीका उपमहासचिव घनश्याम भुषाले ओलीको राष्ट्रवाद नक्कली सावित भई सकेको टिप्पणी गरे । कार्यक्रममा पार्टीका नेताहरु भीम आचार्य, घनेन्द्र बस्नेत, नरेश खरेल, रविन कोईराला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

विपन्न परिवारका विद्यार्थीलाई ट्रयाक सुट

उर्लाबारी-अरनिको हस्पिटल उर्लाबारीले मोरङको मिक्लाजुङ-३स्थित सूर्यमुखी प्राथामिक विद्यालयका विद्यार्थीलाई ट्रयाक

कञ्चनजङ्घा क्षेत्रमा बढ्दै पर्यटक

ताप्लेजुङ– कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै

क्रान्तिकारीमा एकपछि अर्को विवाद, उमेरहदको मतगणनामा पनि किचलो

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको महाधिवेशनमा देखिएको विवाद थामिएको

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले फिदिम र फुङलिङ नगरपालिकामा सेवा विस्तार गरेको

विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँ : उपप्रधानमन्त्री सिंह

साेलुखुम्बु– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको